२८ आश्विन २०८३, बुधबार

श्रीकृष्णको कोहिनुरले रेकर्ड ब्रेक गर्‍यो, अरु आधा दर्जन फिल्म फ्लप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kohinur-shreekrishna-susma

काठमाडौं । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको चलचित्र कोहिनुरले अहिलेसम्मकै रेकर्ड ब्रेक गरेको छ ।

पछिल्लो समय प्रदर्शनमा आएका फिल्म लगातार घाटामा गइरहँदा कोहिनुरले भने ऐतिहासिक सफलता हासिल गरेको हो । साउन २३ गते रिलिज भएको यस फिल्मले अहिलेसम्म झण्डै १० करोडको व्यापार गरेको उपत्यकाका वितरक सुनील मानन्धरले बताएका छन् ।

आकाश अधिकारी निर्देशित कोहिनुरले श्रीकृष्णको निधनपछि व्यापार बढेको हो । अहिलेसम्म देशका सात दर्जन बढी हलमा प्रदर्शन भइरहेको छ । सातौँ सातासम्म पनि उस्तै व्यापार भइरहेकाले कोहिनुर अझै केही साता चलिरहने देखिएको बितरक मानन्धर बताउँछन् ।

कोहिनुरसँगै प्रदर्शन भएको फिल्म सिसाले भने निकै घाटाको व्यापार गरेको छ । कोहिनुरको छायाँमा परेर आफ्नो फिल्मले देशभरबाट १५ लाख पनि आर्जन गर्ने अवस्था सिर्जना नभएको निर्देशक आरबिके शरदले बताए । उनका अनुसार, फिल्म सिसा करिब ६० लाखमा निर्माण भएको थियो ।

कोहिनुरको छायामा परेर ताण्डव, ठूली, यो कथा हो तिम्रो मेरो र उत्सव पनि फ्लप भएका छन्।