२८ आश्विन २०८३, बुधबार

एसियाली खेलकुद फुटबलमा नेपाल कुवेतसँग पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Asian-footballकाठमाडौँ, १ असोज । दक्षिण कोरियामा भइरहेको १७ औं एसियाड खेलकुदमा लगातार दोस्रो हारपछि नेपाल जारी एसियाली खेलकुद फुटबलको समूह चरणबाटै बाहिरिन बाध्य भएको छ ।

बुधबार कुवेतसँग भएको खेलमा नेपाल ५–० गोलको फराकिलो अन्तरले पराजित भयो।

पहिलो खेलमा नेपाल इराकसँग पराजित भएको थियो । २३ वर्षमुनिको राष्ट्रिय फुटबल टोली सहभागी उक्त प्रतियोगितामा नेपाल इराकसँग ४–० गोलअन्तर पराजित भएको थियो।

सोह्र वर्षपछि पहिलोपटक यसियाडमा भाग लिएको नेपालले दुबै खेलमा फितलो प्रदर्शन गरेको छ ।

नेपालले अब अन्तिम खेल जापानसँग खेल्नेछ ।

बुधबार भएको खेलमा कुवेतले १९ औं मिनेटमा सुरुवाति अग्रता लिएको थियो । ६६ औं मिनेटमा एल सानएल सामीले गोल गरे भने ७३ औं मिनेटमा उनले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरे ।

खेलको ८३ औं मिनेटमा फैसजले कुवेतका लागि चौथो गोल गरे । ८८ औं मिनेटमा सामीले गोल गर्दै कुवेतलाई ५–० को जित दिलाए ।