२८ आश्विन २०८३, बुधबार

युक्रेनमा अमेरिकी नेतृत्वमा संयुक्त सैन्य अभ्यास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

The countryside in eastern Ukraine is littered with the debris of fierce fighting

युक्रेन, ३० भदौ । युक्रेनमा अमेरिकी नेतृत्वमा विभिन्न १५ वटा देशको सहभागितामा संयुक्त सैन्य अभ्यास हुने भएको समाचार छ ।

युक्रेनको पूर्वी भागमा विद्रोहीहरुले आक्रमण जारी नै राखेका तथा केही समयका लागि युक्रेनको सरकार र विद्रोहीका बीच युद्धविराम रहेका बेला सोही देशमा यो अभ्यास हुन लागेको बताइएको छ ।

तर यसअघि गतहप्तादेखि नै सो क्षेत्रमा युद्धविराम रहेको भनिएपनि आईतबार भने युक्रेनको पूर्वी भागमा भिषण आक्रमण जारी रहेको छ ।

अमेरिकाको नेतृत्वमा सुरु हुन लागेको यस सैन्य अभ्यासकै समयमा युक्रेनको पूर्वी भागमा पूर्वी भागमा उक्त भिडन्त भएको छ ।

उक्त पूर्वी भागमा रसियाले रसियालीभाषीहरुलाई घुसपैठ गरेको आरोप संयुक्त राज्य अमेरिका र पश्चिमा देशहरुले लगाउने गरेका छन् ।

तर रसियाले भने सो आरोपको खण्डन गर्दै आएको छ । उसले युक्रेनमा आफ्नो तर्फको कुनैपनि घुसपैठ नरहेको जानकारी यसघिदेखि नै दिँदै आएको छ ।

उक्त सैन्य अभ्यासमा अमेरिकाले कम्तीमा पनि २०० जना सैनिक पठाउने जानकारी गराएको छ । साथै उसले अन्य देशका पनि सैनिकहरुको समन्वय उक्त सभ्यासमा गर्ने भएको बताइएको छ ।

युक्रेनमा यसरी विद्रोह सुरु भएपछि यो पहिलो पटक अमेरिकी सेना युक्रेनमा प्रवेश गर्न लागेको हो ।

तर अमेरिकाको यस कदमको रसियाले भने विरोध गरिरहेको समाचारमा जनाइएको छ । उसले सो सैन्य अभ्यासलाई युक्रेनमा अमेरिकी सेनाले प्रवेश गर्नका लागि बनाएको बहाना भनी टिप्पणी गरेको छ । – एएफपी