काठमाडौँ, २९ भदौ । दशैँ, तिहार र छैटजस्ता नेपालीहरुका महत्वपूर्ण चाडका लागि लक्षित गरेर नेपाल राष्ट्र बैंकले आइतबारदेखि नयाँ नोट वितरण शुरु गरेको छ ।
काठमाडौंमा बसोबास गर्नेहरुले थापाथलीमा रहेको राष्ट्र बैंकको कार्यालयबाट आइतवारदेखिनै नयाँ नोट साट्न पाउने भएका छन् ।
२५ अर्ब रुपैयाँ नयाँ नोट वितरण सुरु गरेको राष्ट्र बैंकले विराटनगर, जनकपुर, बीरगञ्ज, भैरवहा, पोखरा, नेपालगञ्ज र धनगढीमा रहेका शाखामा पनि नयाँ नोट पठाएको छ ।
राष्ट्र बैंकले दिएको जानकारी अनुसार तोकिएको स्थानमा एक सर्वसाधारणले २२ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउनेछन् ।
यो दशैंमा कुनैपनि हालतमा नोट अभाव हुन नदिने राष्ट्र बैंकले जनाएको छ ।














प्रतिक्रिया