रत्ननगर, २८ भदौ । एञ्जर्स बालगृहमा रहेका बालवालिकालाई शनिबार तेक्वान्दो पोसाक वितरण गरिएको छ ।
तेक्वान्दोका अन्तराष्ट्रिय प्रशिक्षक किरण श्रेष्ठले बालगृहमा रहेका बालवालिकालाई तेक्वान्दो प्रशिक्षण दिन शुरु गरेपछि उनीहरुलाई पोसाक वितरण गरिएको हो ।
रत्ननगर–१ बकुलहरमा रहेको साहाराको घरमा आयोजित कार्यक्रममा चितवन जिल्ला तेक्वान्दो संघका अध्यक्ष पुष्पराज जोशी र नेपाल पत्रकार महासंघ चितवनका कोषाध्यक्ष होमनाथ सापकोटाले सयुक्त रुपमा १० जना बालवाललिकालाई तेक्वान्दो पोसाक हस्तान्तरण गर्नुभएको थियो ।
रत्ननगर–५ स्थायी घरभई इजरायलमा कार्यरत आशा तामाङले सो पोसाक र बाबुराम परियारले २ वटा किक प्याड सहयोग गरेको अन्तराष्र्टि«य प्रशिक्षक किरण श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठले साहाराको घरमा आश्रित ११ जना वालिका र एञ्जर्स वालगृह रहेका ४७ जना वालवालिकालाई विगत २ महिनादेखि तेक्वान्दो प्रशिक्षण दिइरहनुभएको छ ।
कार्यक्रममा चितवन जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष रोशन खान, साहाराको घरकी सञ्चालिका कुसुम तिवारी लगायतले बोल्नुभएको थियो ।














प्रतिक्रिया