२८ आश्विन २०८३, बुधबार

फिलिपिन्स नेपालसँग शुन्यकाबिरुद्ध ८ गोलले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doha-footbal-6

रवि रोषी
दोहा । नेपालद्धारा फिलिपिन्स शुन्यकाबिरुद्ध ८ गोलले पराजित भएको छ ।

कतारमा रहेका नेपाली खेलाडी र फिलिपिनो खेलाडी बिच भएको खेलमा नेपाली टीमले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।

doha-footbal-1
कतारको अल अरबी क्लवको व्यवसायिक खेल मैदानमा सम्पन्न कतार स्टार लिगको मातहतमा आयोजित सो खेलको संयोजक अल अहली स्पोर्ट्स क्लव रहेको थियो।
चितवन युवा समूहले समन्वयकारी भूमिका निर्वाह गरेको उक्त खेलमा नेपालको तर्फबाट सहभागी खेलाडीले उत्कृष्ट खेल देखाए बापत कतारको अल अहली क्लवले खेलाडीहरुलाई १ हजार डलर र कप प्रदान गरेको थियो ।

doha-footbal-5
नेपाली खेलाडीहरुको खेल प्रतिको चासो र नेपाली दर्शकहरुको उपस्थितीलाई मध्यनजर गर्दै अल अहली क्लवले आगामी दिनमा समन्वयकारी भूमिका निर्वाह गर्ने संस्था र खेलाडीहरुलाई विभिन्न सहयोग प्रदान गर्ने जनाएको छ ।

doha-footbal-3

क्लवका म्यानेजर नासरका अनुसार गत वर्ष झैँ यस वर्ष पनि आयोजक क्लवले नेपालका राष्ट्रिय टिमलाई कतारमा आमन्त्रण गरी सद्भाव खेल खेल्न अवसर दिने र दर्शकहरुको मनोरञ्जनार्थ doha-footbal-2नेपालका कलाकारहरुलाई ल्याउने सम्पुर्ण खर्च क्लवले नै बेहोर्ने छ ।

 

नेपाल र फिलिपिन्स बिच सम्पन्न सो सद्भाव खेलमा उपस्थित दर्शकहरुलाई लक्की ड्र मार्फत ल्यापटप, माईक्रो ओभन, आईप्याड, साम्सुंग ग्यालेक्सी मोबाइल र नोकिया मोबाइलहरु वितरण गरिएको थियो ।

doha-footbal-4
उक्त खेल समयमा नेपाल तथा फिलिपिन्सका कलाकारहरुले आफ्नो गायनी पनि प्रस्तुत गरेका थिए ।