काठमाडौं, २८ भदौ । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीलाई राष्ट्रका लागि मेनहत नगर्ने स्ट्राइकरका रुपमा चिनिन्छ । स्पेनिस क्लव बार्सिलोनाका लागि गोल मेसिनकै रुपमा स्थापित उनले अर्जेन्टिनी राष्ट्रिय टोलीका लागि त्यसस्तरको प्रर्दशन गर्न सकेका छैनन् ।
ब्राजिल विश्वकपमा अर्जेन्टिनालाई आफ्नै कप्तानीमा फाइनलसम्म पुर्याएपनि उनमाथि हुने गरेको आचोचना केही कम भए । यद्यपी फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा एक सुन्यले पराजित भएपछि मेसीको आलोचना पुन सुरु भएको छ । यस्ता आलोचनालाई उनी वास्ता गर्छन ।
मेसी आफ्नाबारे हुने यस्ता टिप्पणीबाट चिन्तित हुने गरेको अर्जेन्टिनी फुटवल अधिकारीहरुले बताएका छन् । इंलिस क्लव आर्सनलका अध्यक्ष रिकार्डो ग्रोन्डोनाले मेसी पछिल्लो समय यस्ता कुराबाट चिन्तित हुन थालेको बताएका आजको नयाँ पत्रिकामा खबर छ ।














प्रतिक्रिया