२८ आश्विन २०८३, बुधबार

यौनधन्दामा लागेकी अर्की हिरोइन पनि रंगेहात पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

divya-sri-

घरानिया व्यापारीसँग होटलमा मस्ती गरिरहेका बेला नायिका श्वेता बसु पक्राउ गरेको घटना सेलाउन नपाउँदै अर्की नायिका पनि यौनधन्दामा संलग्न रहेकै अबस्थामा पक्राउ परेकी छिन् ।

बलिउडकै चर्चित अभिनेत्री दिव्या श्रीलाई प्रहरीले आन्ध्रप्रदेशको गुंटुरबाट वेश्यावृत्तिमा संलग्न रहेको आरोपमा रंगेहात पक्राउ गरेको हो। प्रहरीले दिव्यासँगै केही मोडल र अभिनेत्रीहरुलाई पक्राउ गरेको छ ।

प्रहरीले गोप्य सूचनाको आधारमा छापा मारेको थियो । जसमा अभिनेत्री दिव्या श्रीका साथै अभिनेता पवन कुमार र चंदूलाई पनि पक्राउ गरिएको छ। यो धन्दा चलाउनेमा पवन कुमारको मूख्य भूमिका रहेको बताइएको छ। उनले नयाँ अभिनेत्रीहरुलाई प्रलोभनमा पारेर यौनधन्दामा लगाउने गरेका थिए ।

प्रहरीले गतसातामात्रै हैदराबादबाट अर्की अभिनेत्री श्वेता बसुप्रसादलाई रंगेहात पक्राउ गरेको थियो । श्वेता अहिले प्रहरीको हिरासतमा छिन् । धमाधम हिरोइनहरु यौनधन्दामा लागेको अबस्थामा पक्राउ पर्नुले सबैलाई मोहित गर्ने रंगिन संसारभित्रको कालो वास्तविकता सार्वजनिक हुन थालेको छ । एजेन्सी