२९ आश्विन २०८३, बिहिबार

बुधबार नेप्सेमा निक्कै उतार–चढाब

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-stockकाठमाडौं, २५ भदौ । बुधबार नेप्सेमा निक्कै उतार–चढाब देखिएको छ । शुरुमा  १७ अंकले बढेर ९३७ पुगेको नेप्से बजार बन्द हुँदा ९ अंकले घटेर ९१०मा झ¥यो ।

दिउसो १२ः२५ मा नेप्से १३ अंकले बढेर परिसूचक ९ सय ३३ अंकमा पुगेको थियो ।

हरेक दिन नेप्सेमा १२ बजेदेखि ३ बजेसम्म सेयर कारोबार हुन्छ ।

मंगलबार नेप्से ४४.५० अंकले बढेको थियो । त्यसअघिका दुई सता नेप्से निरन्तर घटेको थियो ।

बुधरबार बजार बढ्न थालेपछि ब्रोकरहरुले ठुला लगानीकर्तासँग मिलेर नियोजितरुपमा घटाएको नियामक निकाय र साना लगानीकर्ताले आरोप लगाएका छन् ।

बुधबार १ सय ४१ कम्पनीका ८ लाख ५२ हजार कित्ता सेयर ४६ करोड रुपैयाँमा कारोबार भयो ।
बुधबार बैंकिङ समूहको सूचक १२ अंकले घट्यो ।

यो समूहको मात्रै २८ करोड ९२ लाख रुपैयाको कारोबार भयो ।

त्यसैगरी जलविद्युत समूहको ७५ अंकले, बीमा समूहको २५ अंकले, उत्पादनमूलक क्षेत्रको सूचक १३ अंकले, विकास बैंक समूहको ०.९४ अंकले घटेको छ ।

त्यसैगरी होटल समूहको सूचक ३ अंकले बढेको छ भने वित्त कम्पनी समूहको ३ अंकले र अन्य समूहको ५ अंकले बढेको छ ।