२८ आश्विन २०८३, बुधबार

दमकमा हास्यब्यङ्य तथा साँस्कृतिक कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

unnamedदमक, २५ भदौ ।  दमकमा बृहत हास्यब्यङ्य तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

लाईन्स क्लव अफ दमक माउण्ट एभरेष्ट र दमक जेसिजको आयोजनामा भदौ ३१ गते मंगलवार राष्ट्रिय कलाकारहरु सहितको साँस्कृतिक कार्यक्रम हुने भएको हो ।

लाईन्स क्लव अफ दमक माउण्ट एभरेष्ट दमकका अध्यक्ष अजय अग्रवालका अनुसार आरपी भट्टराई (लादाराम), मरीचमान श्रेष्ठ (बल्छि ध्रुवे), बिष्णु सापकोटा (हर्के हवल्दार), राजा राजेन्द्र (चर्चित

हास्यकलाकार), जानुका केसी (पुतली), रीना गिरी (हास्यकलाकार तथा डान्सर) को प्रस्तुती रहने छ ।

दमकको रेडक्रस सभाहलमा हुने कार्यक्रममा बिभिन्न साँस्कृतिक कार्यक्रमहरु र स्थानीय प्रतिभाहरुको प्रस्तुती रहने अग्रवालले बताउनुभयो ।
अप्ठेरोमा परेका र असायहरुको सहयोगका लागि कोष बनाउने उदेश्यले दमकमा बृहत साँस्कृितक कार्यक्रम गरिन लागेको दमक जेसिजका अध्यक्ष भगवान बस्नेतले जानकारी दिनुभयो ।