२८ आश्विन २०८३, बुधबार

पाकिस्तानमा मस्जिद भत्कियो, चौबीसको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakistan-mapलाहोर (पाकिस्तान), २५ भदौ । पाकिस्तानी सहर लाहोरमा मङ्गलबार एक मस्जिदको छत खस्दा त्यहाँ रहेका कम्तीमा पनि २४ व्यक्तिको ज्यान गएको समाचार छ ।

उक्त मस्जिदमा प्रार्थना गरिरहेका कम्तीमा पनि २४ व्यक्तिको मृत्यु भएको बताइएको छ । बुधबार दिइएको जानकारी अनुसार प्रर्थनामा रहेका २४ व्यक्ति मारिएका हुन् ।

अधिकारीहरूले उक्त घटनामा मर्नेको सङ्ख्या बढ्नसक्ने बताएका थिए । मङ्गलबार भएको सो दुर्घटनापछि घाइतेलाई अस्पताल राखिएको थियो । हिजो सो घटनामा परी १० जनाको ज्यान गएकोमा गएराति नै थप १४ जनाको मृत्यु भएको थियो ।

प्राप्त समाचारमा अधिकारीहरुले उक्त दुर्घटना लाहोरको बाहिरी भागमा रहेको दरोगावालामा भन्ने स्थानमा सो घटना भएको बताइएको छ ।

भत्किएको सो मस्जिदको भग्नावशेषबाट मङ्गलबार नै कम्तीमा १० व्यक्तिको शव निकालिएको थियो । उद्वारको काम जारी नै रहेकोले पुरिएका र अस्पतालमा मृत्यु भएका गरी बुधबार २४ जनाको ज्यान गएको बताइएको छ ।

मृत्यु हुने व्यक्ति १५ देखि ३५ वर्षको उमेरका रहेका बताइएको छ । अपरान्हको सो प्रार्थनासभामा ३० जना व्यक्ति उक्त मस्जिदमा उपस्थित रहेका थिए छ ।

स्थानीय सरकारी अधिकारी उस्मान अहमदले उक्त मस्जिदको छत भत्केको कुरा पुष्टि गरे । साथै उनले उद्वारको काम निरन्तर रहेको उनले बताएका छन् । – एएफपी