न्यूयोर्क, २४ भदौ । क्रोएशियाका मारिन चिलिचले उनको करियरर्म पहिलो पटक यस वर्षको अन्तिम ग्रैंड स्लम टेनिस टूर्नामेन्ट, यूएस ओपन, जितका छन् ।
न्यूयोर्कमा भएको खेलमा पुरुष सिंगल्स फाइनलमा १४ औँ वरीयता प्राप्त चिलिचले जापानका १० औँ वरीयता प्राप्त केई निशिकोरीलाई पराजित गरेका हुन् ।
चिलिचले निशिकोरीलाई ६–३, ६–३, ६–३ ले हराएर उपाधि आफ्नो नाममा गराए । दुबै खिलाडीको यो पहिलो ग्रैंड स्लम फाइनल थियो ।
सेमीफाइनलमा निशिकोरीले नोवाक जोकोविच र चिलिचले रोजर फेडररलाई हराएका थिए ।
सन् २००५ पछि राफेल नडाल, नोवाक जोकोविच र रोजर फेडररले कुनै पनि ग्रैंड स्लम टूर्नामेन्टको फाइनल खेल्न पाएका छैनन् । एजेन्सी













प्रतिक्रिया