२८ आश्विन २०८३, बुधबार

पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत निरौलाले भ्रष्टाचार गरेको ठहर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

subasकाठमाडौं, २४ भदौ । पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई भ्रष्टाचारको कारवाहीमा पर्ने निश्चित भएको छ ।

पर्यटनमा बोर्डमा भएको अनियमितताबारे छानविन गर्न बनेको समितिले नीतिगत तहमै भ्रष्टाचार गरेको र करोडौं रुपैयाँ नियम विपरित निकाशा गरेको ठहर गर्दै निरौलालाई कारवाही गर्न सिफारिस गरेपछि उनी कारवाहीमा पर्ने निश्चित भएको हो ।

समितिले ७ करोड रुपैयाँ बढि रकम निकाशा गर्ने बैठकको निर्णय रद्द गराउन पनि सिफारिस गरेको छ ।

साउन २ गते बसेको बोर्ड सञ्चालक समितिको १९२ औं बैठकले अहिलेसम्म भएका सबै खर्चहरु निकासा गर्ने निर्णय गरेको थियो ।

स्रोतका अनुसार ११ जना सञ्चालक समिति सदस्य रहेको बोर्डमा उक्त बैठकले गरेको निर्णय पुस्तिकामा भने ५ जनामात्र सञ्चालकले हस्ताक्षर गरेका छन् ।

निरौला त्यस कारण पनि कारवाहीमा पर्ने निश्चित छ ।  छानविन समितिले यस्तो निर्णय गर्नुलाई सोझै अनियमितता गर्न खोजिएको ठहर गरेको छ ।

छानविन समितिले निमिक्त प्रमुख निरौलासहित निर्णय प्रकृयामा संलग्न सबै सञ्चालकहरुलाई कारबाही गर्न सुझाव दिएको छ ।

पर्यटन मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा छानविन समिति गठित भएको थियो ।