२८ आश्विन २०८३, बुधबार

वेश्यावृत्तिमा लागेकी हिरोइनलाई फिल्मको अफर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Swetha-Basu-Prasad

फिल्मबाट गुजारा चल्न नसकेपछि वेश्यावृत्तिमा लागेकी नायिका श्वेता बसु प्रसादलाई फिल्मको ओइरो लागेको छ ।

एक जना व्यापारीसँग हैदराबादस्थित होटलमा यौन लिला मच्चाइरहेकी बेला रंगेहात फेला परेकी बलिउड अभिनेत्री श्वेता बसुलाई फिल्मको ओइरो लागेको हो ।

बेश्यावृत्तिको आरोपमा पक्राउ परेर पुनःस्थापना केन्द्र पठाइएकी २३ बर्षीया श्वेताका विषयमा चलचित्र उद्योगमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला चलचित्र निर्देशक हंसल मेहता भने स्वेताको पक्षमा खुलेर आएका छन् ।

‘सहिद’ र ‘सिटी लाइट्स’ जस्ता सफल चलचित्र निर्देशन गरिसकेका मेहता स्वेतालाई आफ्नो चलचित्रमा काम दिन तयार भएका छन् ।

‘मकडी’ र ‘इकबाल’ मा आफ्नो शानदार अभिनयका कारण दर्शकको ध्यान खिच्न सफल श्वेताले टेलिभिजन सिरियल ‘कहानी घरघरकी’ मा पनि अभियन गरेकी थिइन् । टेलिभिजन सिरियलमा उनको पिताको भूमिका निर्वाह गरिसकेका किरन करमाकरले एक अन्तर्वार्तामा भनेका छन्–उनी मेरी छोरीजस्तै हुन् । म प्रार्थना गर्दछु कि उनी यो कठिनाइबाट चाँडै मुक्त हुन् ।

प्रहरीले भने स्वेतामाथिको अनुसन्धान जारी राखेको छ। छानविनका क्रममा बलिउड फिल्म उद्योगकै सहनिर्देशक बालुले श्वेताको ग्राहक खोज्ने गरेको खुलासा भएको छ। छानविनमा स्वेताले एक जना ग्राहकसँग रात बिताएको एक लाख रुपैयाँसम्म लिने गरेको खुलासा भएको छ। बालुले स्वेताले लिने एक लाखमा १५ हजार लिने गरेका थिए । उनीविरुद्ध मानव बेचविखन ऐन अन्तर्गत कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

थुप्रै हिन्दी सिनेमा, टिभी सिरियल र तेलगु फिल्ममा अभिनय गरेकी स्वेताले प्रहरीसँग आफ्नो गल्ती स्वीकार गरेकी छन् । एकता कपुरको ‘कहानी घर घर की’ जस्तो चर्चित सिरियलमा समेत अभिनय गरेकी श्वेताले भनेकी छिन्, ‘यो मेरो करियरमा निकै गलत निर्णय हो । मसँगै पैसा अभाव भयो, परिवारलाई सहयोग गर्नुपर्ने, तर सबै ढोकाहरु बन्द भए । केही मानिसहरुले मलाई बेश्याबृत्तिमा लागेर पैसा कमाउन हौसाए । कुनै पनि बिकल्प बाँकी नरही असहाय भएपछि अन्तिम बिकल्पका रुपमा बेश्याबृत्ति छनौट गरेँ ।’

उनले भारतका धेरै नायिकाहरु बेश्यावृत्तिमा संलग्न रहेको खुलासासमेत गरेकी छन् । तर, उनीहरुको नाम भने बाहिरर ल्याइएको छैन ।

केही समय अघि श्वेताको बेश्याबृत्ति बारे स्थानीय टेलिभिजनले स्टिङ अपरेशनमार्फत् खुलासा पनि गरेको थियो । त्यसपछि प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।

श्वेताले सन् २००२ मा भारतीय चलचित्र मक्दीका लागि सर्वोत्कृष्ट बालकलाकारको राष्ट्रिय अवार्ड’ जितेकी थिइन् ।