२८ आश्विन २०८३, बुधबार

अमेरिकाद्धारा पहिलो हवाई आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Iraq-attack

वासिङ्टन, २२ भदौ । संयुक्त राज्य अमेरिकाले आइतबार पहिलो पटक इराकमा सुनी अरबको बलियो प्रभाव रहेको युफ्रेटस नदीको मुख्य बाँध नजिकैको जिहादीहरुलाई लक्ष्यगरी हवाई आक्रमण गरेको छ । अमेरिकी सैनिकले उक्त जानकारी आइतबार दिएका छन् ।

अमेरिकी सैनिकद्धारा आइतबार प्रकाशित विज्ञप्तिमा आइएसआइएल (इस्लामिक स्टे«ट) का आतङ्ककारीले लक्ष्यगरी सो हवाई आक्रमण गरेको बताइएको छ ।

इराकी सरकारको अनुरोधमा अमेरिकाद्धारा गरिएको यस हवाई आक्रमणमा इराकी सैनिक बलले समेत सहयोग गरेको बताइएको छ ।

आन्वार प्रान्तको हादिथा बाँधमा सो आक्रमण गरिएको बताइएको छ । बाँधको सुरक्षाप्रति अवको दिनमा आतङ्ककारीको चुनौती रोक्नको लागि सो हवाई आक्रमण गरिएको पेन्टागनका प्रवक्ता रेआर एडमिराल जोन किर्बीले बताउनु भएको छ ।

अमेरिकी सैनिकलाई सुनी आदीवासीको समेत सहयोग रहेको पनि पेन्टागनद्धारा प्रकाशित विज्ञप्तिमा किर्बीले थप जानकारी दिनु भएको छ । रासस÷एएफपी

यता, अफगानिस्तानको विभिन्न इलाकामा अफगान सुरक्षाबलले तालिवान विरुद्ध गत २४ घण्टा यता गरेको कारबाहीका क्रममा ८६ तालिवान आतङ्ककारीको मृत्यु भएको छ ।

त्यहाँको गृह मन्त्रालयले आइतबार सो जानकारी दिएको समाचारमा जनाइएको छ । अफगान प्रहरी, सैनिक र गुप्तचर निकायका सदस्यको समेत सहभागितामा अफगानिस्तानको बाल्ख, हेलमान्ड, जाबुल, कान्दाहार पाक्टिका, हेरात र बाद्घीस र कापिसा प्रान्तमा भएको कारबाहीको क्रममा ८६ तालिवानको मृत्यु हुनुको साथै ६२ घाइते भएका र छ पक्राउ परेको जनाइएको छ ।

यस कारबाहीको क्रममा सुरक्षाबलले हातहतियार कब्जा गरेको र सुरक्षाबलतर्फ भने कुनै हताहतको समाचार नभएको जनाइएको छ ।

सन् २०१४ को अन्त्यसम्म अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध प्रायः सैनिक फर्किसक्ने नेटोआबद्ध सबै देशहरूले निर्णय गरिसकेका हुनाले अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ ।

त्यसैकारण पछिल्ला दिनहरूमा अफगानिस्तानमा तालिवान विरुद्धको कारबाहीमा पनि अफगान सुरक्षा बलकै सहभागिता रहँदै आएको छ ।

तर पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा आक्रमणलाई तीव्र पारेका छन् ।

उनीहरूको सो आक्रामक कारबाहीलाई मध्यनजर गरी सरकारी सेना र प्रहरीले पनि कारबाही जारी राखेको छ । रासस / सिन्ह्वा