२८ आश्विन २०८३, बुधबार

जान–अन्जान भूलभए माफी चाहन्छु : अञ्जु पन्त (हेर्नुस् स्पष्टीकरण)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । गायिका अञ्जु पन्तले सबै धर्म, संस्कृति र जातको सम्मान गर्ने बताएकी छन् । ‘कुनै पनि धर्मलाई होच्याउने र घृणा गर्ने मबाट हिजो पनि भएको थिएन, आज पनि भएको छैन र भोलिका दिनमा पनि हुनेछैन’ आफूबारे विभिन्नखाले समाचार आउन थालेपछि पत्रमार्फत अञ्जुले यस्तो भनेकी हुन्, ‘समाचार माध्यममा आएका समाचारप्रति म दुखित छु ।’

तीन दिनअघि गायिका अञ्जुले दशैंको गीत गाउन नमानेको समाचार आएपछि यसले विभिन्न सोसल भिडियामा बहस र कमेन्ट सुरु भएको थियो । अञ्जुले सबै धर्मालम्बीको श्रद्धा गर्ने बताउँदै आफूबाट जानीनजानी भएको गल्तीप्रति माफी मागेकी छन् ।  सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेको पत्रमा अञ्जुले लेखेकी छन्, ‘सबै धर्मालम्बीहरुमा नजिकिँदै गरेको आफ्नो चाडपर्व सरल सभ्य किसिमले मनाउनु हुन हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

अन्तरिम संविधान–२०६३ ले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेको छ, जसअनुसार कुनै पनि धर्म, संस्कृति अनुशरण गर्न कसैलाई रोकतोक लाग्दैन । गायिका अञ्जुले गीत गाउनु वा नगाउनु आफ्नो अधिकार हो । गायिका अञ्जुले दशैंको गीत गाउन नमान्दा बहस बन्यो । र, अन्ततः अञ्जुले माफी माग्दै सबै धर्मालम्बीप्रति श्रद्धा व्यक्त गरिन् ।

anju-panta