कारकस्, १९ भदौ । यस वर्षको सुरुदेखि हालसम्म भेनेजुएलामा भ्रष्टाचार गरेको आरोपमा ९६६ व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुका पूर्व सरकारी अधिकारीलगायत ९६६ जना भएको बताइएको छ ।
ती व्यक्तिहरुमाथि सार्वजनिक कोष जथाभावी चलन गरेको आरोप लगाइएको न्यायाधीश लुइस आर्टेगा डिआजले बुधबार बताए ।
गत जनवरी १ देखि अगस्ट २९ सम्म केही व्यक्तिलाई भ्रष्टाचार गर्दागर्दैको अवस्थामा पक्राउ गरिएको आर्टेगाले बताए ।
त्यसैगरी ७४८ व्यक्तिमाथि यसअघि नै भ्रष्टाचारको मुद्दा चलिरहेको पनि उनले प्रष्ट पारे । – सिन्ह्वा













प्रतिक्रिया