२८ आश्विन २०८३, बुधबार

घरेलु मैदानमै जर्मनीसँग अर्जेन्टिनाले विश्वकपमा हारेको बदला लियो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sergio-Agueroकाठमाडौं, १९ भदौ । पछिल्लो संस्करणको विश्वकपमा जर्मनीसँग हारेको अर्जेन्टिनाले जर्मनीसँग बदला लिएको छ ।

एन्जल डि मारियाको उत्कृष्ट प्रदर्शनसँगै बुधबार राति भएको मैत्रिपूर्ण फुटबलमा जर्मनीलाई ४–२ गोल अन्तरले अर्जेन्टिनाले पराजित गरेर विश्वकपको फाइनलमा व्यहोरेको हारको बदला लिएको छ ।

जर्मनीको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिना स्टार स्ट्राइकर लिओनल मेस्सी विना मैदान उत्रिएको थियो । जुन खेलमा डि मारिया चम्किए । अजेन्टिनाले गरेको तीन गोलका लागि पास मिलाएका उनले अन्तिम गोल आफैंले गरे ।

डि मारियाको पासमा सर्जिओ एग्युरोले २० औं मिनेटमा गोल गरे । ४० औं मिनेटमा लामेलाले गोल गरेपछि पहिलो हाफमा अर्जेन्टिना २–० को अग्रता लिन सफल भयो ।

दोस्रो हाफ सुरुमा भएको तीन मिनेटमा नै डि मारियाकै पासमा फेर्नान्डेजले गोल गरे भने ५० औं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई ४–० को अग्रता दिलाए ।

५२ औं मिनेटमा जर्मनीका लागि आन्द्रे सुर्लेले गोल गरे । ७८ औं मिनेटमा मारियो गोटेजले गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याएपछि घरेलु टोली जर्मनी अर्जेन्टिनाका सामू हार व्यहोर्न बाध्य भयो ।

ब्राजिलमा भएको विश्वकपको फाइनलमा अर्जेन्टिना १–० गोलले पराजित भएको थियो ।