
मलेसिया। मिसेज नेपालको दोस्रो संस्करणकी विजेता रजनी थापाले मलेसियामा सम्पन्न ‘मिसेस युनिभर्स २०१४’ मा नेपालको प्रतिनिधित्व गर्दै मिसेज ब्युटिफुलको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएकी छिन् ।
अगष्ट २९ मा मलेसियाको क्वालालाम्पुर शहर स्थित सन वे रिर्सोट होटेलमा सम्पन्न भएको फाइनल प्रतियोगितामा विभिन्न ६३ देशका सुन्दरीहरूबीचको प्रतिस्पर्धामा रजनीले यो उपाधि पाएकी हुन् ।
इम्प्लानेटका अध्यक्ष सन्तोष सापकोटाका अनुसार, ६३ देशका सहभागी र मलेसिया लगायत विभिन्न देशका लगभग ३ हजार दर्शक सामु नेपालकी प्रतियोगी रजनीले नेपालको झन्डा फहराउँदै आपनो प्रतिभा प्रस्तुत गरेकी थिइन् । यसअघि ‘मिसेस ग्लोब २०१३’ मा नेपालका तर्फबाट सहभागी बनेकी रजनीले ‘मिसेस फिलेन्थ्रोपी’ विधाको अवार्ड जितेकी थिइन् ।
यसअघि सोही प्रतियोगितामा सहभागी नेपालकी ४४ वर्षीया मिना घिमिरेले ‘मिसेज इन्टेलिजेन्स’ को उपाधी हात पार्न सफल भएकी थिइन् ।
















प्रतिक्रिया