२८ आश्विन २०८३, बुधबार

यातायात ब्यवसायी महासंघमा एमालेबाट केदारको दावेदारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kedar-yatayatकाठमाडौं, १६ भदौ । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि केदार क्षेत्रीले दावेदारी घोषणा गरेका छन् ।

महासंघको नयाँ नेतृत्व छनोटका लागि भदौं १७–१९ गते चितवनमा चौथो महाधिवेशन हुँदैछ । नेपाली कांग्रेसले दिनेश भण्डारीलाई भावी नेतृत्वका रुपमा अगाडि सारेलगत्तै एमालेका तर्फबाट क्षेत्रीले

दाबेदारी घोषणा गरेका हुन् । ‘पार्टीले औपचारिक निर्णय गरेर अगाडि बढ्न भनेकाले दाबेदारी प्रस्तुत गरेको हुँ’ क्षेत्रीले भने ।

महासंघमा दुई कार्यकाल उपाध्यक्ष भइसकेको क्षेत्री वर्तमान बरिष्ठ उपाध्यक्ष हुन् । तीस वर्षदेखि यातायात व्यवसायमा सम्लग्न क्षेत्रीले तीन कार्यकाल अरनिको यातायात समितिको नेतृत्व गरिसकेका छन् ।

नेपाल ट्रक कन्टेनर व्यवसायी संघका संस्थापक महासचिव रहेका क्षेत्री नेतृत्वको अवसर पाए यातायात क्षेत्रलाई सम्मानीत व्यवसाय बनाउन प्रयत्न गर्ने बताउँछन् ।

क्षेत्रीले चुनावी प्रतिस्पर्धामा आफूलाई नेपाली कांग्रेसको असन्तुष्ट पक्ष र एकीकृत माओवादी समर्थित व्यवसायीले सघाउने दावी गरे । नेपाली कांग्रेसले भण्डारीलाई अगाडि सारेपछि असन्तुष्ट बनेका वर्तमान अध्यक्ष योगेन्द्रराज कर्मचार्यसहित हिरा उदासले आफूलाई सघाउने उनले बताए ।

त्यस्तै एकीकृत माओवादीका तर्फबाट वर्तमान उप–महासचिव हरिशरण केसी र कोषाध्यक्ष पुष्यप्रसाद सिटौलाले पनि आफूलाई सघाउने क्षेत्रीले जानकारी दिए । क्षेत्री नेकपा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य पनि हुन् ।