२८ आश्विन २०८३, बुधबार

बार्सिलोनाको लगातार दोस्रो जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

La-liga-272x232काठमाडौं, १६ भदौ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार दोस्रो जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई १–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि ८२ औं मिनेटमा बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका १८ वर्षीय सान्ड्रो रामिरेजले निर्णायक गोल गरेका थिए ।

यसअघि पहिलो हाफमा लिओनल मेस्सीको फ्रि किक बल भिल्लारियलका गोलकिपरले पन्च गरेर गोल हुनबाट रोकेका थिए । खेलमा भिल्लारियलले पनि केही राम्रो मौका खेल फालेको थियो ।