२८ आश्विन २०८३, बुधबार

झापामा खेलकुद महोत्सव हुने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fotbal-jhapaलक्ष्मी काफ्ले
विर्तामोड, १५, भदौ । नेपाल खेलकुद महासंघ जिल्ला समिति झापाले आगामी  असोज ७ गतेबाट खेलकुद महोत्सवको आयोजना गर्ने भएको छ ।

असोज १४ गतेसम्म सञ्चालन हुने साताव्यापी खेलकुद महोत्सवको नाम ‘नेपाल खेलकुद महोत्सव २०७१’ राखिएको महासंघ झापाले जनाएको छ ।

खेलकुदको माध्यमबाट विश्वसामु नेपालको पहिचान बनाउँन सकियोस भन्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको कार्यक्रम संयोजक एवम् नेपाल खेलकुद महासंघ जिल्ला समिति झापाका उपाध्यक्ष प्रत्युस आजाद रानाले जानकारी दिनुभयो ।

महोत्सवमा भलिवल, व्याडमिन्टन, उसु, तेक्वान्दो, कराँते, टेवल टेनिस, मिनि म्याराथोन, चेसलगायत एक दर्जन ‘इनडोर’ खेल खेलाइने छ ।

महोत्सवको उद्घाटनमा प्रमुख अतिथि खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले गर्ने तयारी भएको छ ।
बिर्तामोडमा सञ्चालन हुने महोत्सव सफल बनाउनका लागि उपाध्यक्ष प्रत्युस आजादको संयोजकत्वमा २ सय ५ सदस्यीय मुल आयोजक कमिटी गठन गरिएको छ ।

महोत्सव खेलकुद विकास समिति झापाको प्राविधिक सहयोगमा हुन लागेको बताइएको छ ।

महोत्सवमा ३५ देखि ४० लाख रुपैयासम्म खर्च लाग्न सक्ने अनुमान गरिएको र राज्यबाटसमेत अनुदान माग गरिएको महासंघ झापाका अध्यक्ष धर्मराज शिवाकोटीले जनकारी दिनुभयो ।

महोत्सवमा सांगीतिक कार्यक्रम, स्वास्थ्य शिविर, जातीय झाँकी समेत रहने आयोजकले जनाएको छ ।