२८ आश्विन २०८३, बुधबार

सुविधासम्पन्न बस सेवा सञ्चालनले चाडबाडमा हवाइ यात्रु घट्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

airline-in-nepalकाठमाडौं, १४ भदौ । दशैँ–तिहार आउँन अझै एक महिना भन्दा बढी समय बाँकी छ ।

तर, आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीले दशैँ र तिहारका लागि भन्दै ७० प्रतिशत टिकट बुकिङ भएको जनाएका छन् ।

हिन्दूहरूको मुख्य पर्व दसैंमा काठमाडौंबाट बाहिर जाने यात्रुको चाप बढी हुने भएको हुँदा पहिल्यै टिकट बुकिङ गर्ने कारण यस्तो भएको उनीहरुको भनाई छ ।

अधिकांश गन्तव्यको टिकट बुक भइसकेको पनि उनीहरुले जनाएका छन् ।

दसैंकेन्द्रित टिकटतर्फ यती, सिम्रिक, नेपाल एयरलाइन्स र बुद्ध एयरले सुगम क्षेत्रका गन्तव्यमा टिकट बुकिङ गरेका छन् ।

दुर्गममा उडान गरिरहेका तारा, गोमा एयरले पनि टिकट बुकिङ सुरु गरेका जनाएका छन् ।   टिकट बुकिङसँगै अहिले विभिन्न विभिन्न विमान सेवा कम्पनीको चटारो पनि बढेको छ ।

तर, विमान कम्पनीहरु भने अघिल्ला–अघिल्ला वर्षको जस्तो चटारो नभएको बताउछन् । पहिला बन्द हड्ताल धेरै हुने, बस सुविधासम्पन्न नहुने जस्ता कारणले केही महङ्गो पर्ने भए पनि यात्रुहरुले विमानको यात्रा खोज्थे ।

तर, अहिले डिलक्सलगायतका सुविधासम्पन्न  बस सञ्चालनमा आएपछि विमानमा यात्रा गर्ने यात्रुको चाप घटेको उनीहरुको गुनासो छ ।

त्यसो त अहिले विभिन्न विमान कम्पनीले घरमै बसेर टिकट बुकिङ गर्नेलगायतका सुविधा यात्रुलाई दिएका छन् । त्यति मात्र नभएर केही गन्तव्यमा विशेष छुटको अफर समेत ल्याएका छन् ।

यसरी अफर ल्याउनेमा बुद्ध र यति एयरलाइन्स छन् । यी कम्पनीले काठमाण्डौँबाट बाहिरिँदा भन्दा भित्रिने यात्रु लक्षित गरि अफर सञ्चालन गरेका हुन् ।

चाडबाडमा राजधानीबाट बाहिरिने यात्रुको बढि चाप हुन्छ ।

यति र बुद्धले विराटनगर, भद्रपुर र जनकपुरबाट काठमाडौं आउँदा सामान्य भाडामा छुट दिएका हुन् ।

अरु एयरलाइन्सले दसैंमा यात्रुको चाप बढ्ने हुँदा छुट योजना ल्याएका छैनन् ।