२८ आश्विन २०८३, बुधबार

बंगलादेशसँग नेपाल १–० ले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footballकाठमाडौं, १४ भदौ । नेपालका २३ वर्षमुनि यु–२३ का राष्ट्रिय फुटबल टिमले बङ्गलादेशको राष्ट्रिय टिमलाई एक शून्यले पराजित गरेको छ ।

खेल शुरु भएको ७९ मिनेटमा नेपालका सुशील केसीले सो गोल गरेका थिए ।

दक्षिण कोरियाको इचोन सहरमा हुने १७ औँ एसियाली खेलकुद यसियाड प्रतियोगिताको अभ्यास तयारीमा रहेको नेपाली यु–२३ राष्ट्रिय बङ्गलादेशसस्थित सिलहेट रङ्गशालामा शुक्रबार भएको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको हो ।

यही भदौ १० गते भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले निराशजक नतिजा ल्याएको थियो । नेपाल बङ्गलादेशसँग शून्यका विरुद्व एक गोलको अन्तरले पराजित भएको थियो ।

यसियाडमा नेपाल समूह ‘डि’ मा परेको छ । डिफेन्डिङ च्याम्पियन जापान, पूर्व विजेता इराक र कुवेत जस्ता शक्तिशाली राष्ट्रको समूहमा परेको नेपालले प्रतियोगितामा सफलता हासिल गर्न निकै चुनौतिपूर्ण रहेको छ ।

यसअघि यसियाडमा पाँच पटक भाग लिएको नेपालले पाँचै पटक निराशजनक नतिजा ल्याएको थियो ।

यसियाड विधिवत्रूपमा सुरु हुनु पाँच दिन अगावै फुटबल सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल भदौ २९ गते इराकको सामना गर्नेछ भने दोस्रो खेल असोज १ गते कुवेत र तेस्रो तथा छनोट चरणको अन्तिम खेल ५ गते जापानसँग प्रतिस्पर्धा गर्नेछ । फुटबलमा २९ राष्ट्रको सहभागिता रहनेछ । रासस