किभ, १३ भदौ । युक्रेनमा केही महिनादेखि जारीे द्वन्द्वका क्रममा कम्तीमा पनि दुई हजार ६०० नागरिकको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
त्यहाँ गत अप्रिलको मध्यदेखि सुरु भएको सो द्वन्द्वमा परी ती नागरिक मारिएका राष्ट्रसंघीय सो प्रतिवेदनमा देखाइएको छ । सो प्रतिवेदनमा भनिएको छ– गत अप्रिल महिनाको मध्यदेखि अगष्टसम्ममा युक्रेनमा कम्तीमा पनि दुई हजार ५९३ जनाको ज्यान गएको छ ।
सो अवधिमा त्यहाँका नागरिकमाथि ठूलो सङ्ख्यमा मानवअधिकारको हनन र नागरिकमाथि ज्यादतिका घटना पनि भएका सो प्रतिवेदनमा जनाइएको छ । एएफपी













प्रतिक्रिया