काठमाडौं, १३ भदौ । क्यानाडेली लगानी कर्ताहरु काठमाडौं–कुलेखानी–हेटौडा सुरुङमार्गमा लगानी गर्न इच्छुक देखिएका छन् ।
नेपाल भ्रमणमा रहेको क्यानाडेली लगानी कर्ताहरुको टोलीले शुक्रबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटी उक्त सुरुङमार्गमा लगानी गर्न इच्छुक रहेको बताएको हो ।
नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको आमन्त्रणमा नेपाल भ्रमणमा आएको टोलीले पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधी, राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडालाई समेत भेटेर नेपालमा लगानी गर्न आफूहरु तयार रहेको बताएका छन् ।
भेटमा प्रधानमन्त्री कोइरालाले नेपालमा लगानीयोग्य वातावरण तयार भएको भन्दै लगानीकर्तालाई ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको थियो ।
भेटमा नेपाल पूवाधार कम्पनीका अध्यक्ष कुशकुमार जोशीले सुरुङ्गमार्ग निर्माणमा क्यानेडियन टोलीले लगानी सम्झौता गरिसेकेको जानकारी दिनुभएको थियो ।
टोलीले पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री निधीलाई भेटी पूर्वाधार क्षेत्रमा लागनी गर्न नेपाल आएको र सुरुङमार्गमा लगानी गर्ने सम्झौता समेत गरिसकेको जानकारी गराएको थियो ।
क्यानेडियन टोलीका सदस्य साम भौजीले मन्त्रीसँगको भेटमा आर्थिक लगानी मात्र नभई उक्त सम्झौताले प्रविधी समेत हस्तारण गरिने जानकारी गराएका गराउनु भएको थियो ।













प्रतिक्रिया