इस्लामावाद, १२ भदौ । करिब दुई सातादेखि जारी पाकिस्तानको सरकारविरोधी प्रदर्शनलाई थप चर्काउन सक्ने आशंका गरिएको छ ।
लामो समयदेखि आतंककारी हमलाको चपेटामा परेको पाकिस्तानी राजधानीमा पछिल्ला दुई सातायता आएर विरोध प्रदर्शन हुने गरेको छ । पाकिस्तानका पूर्वक्रिकट खेलाडी तथा पाकिस्तान तेहरिक–ए–इन्साफ ९पीटीआई०का अध्यक्ष इमरान खान र अर्का एक जना धर्मगुरु ताहिर–उल–कद्रीले प्रधानमन्त्री नवाज सरिफको राजीनामा माग गर्दै त्यहाँ विरोध प्रदर्शन गरिरहेका छन् ।
पाकिस्तानमा गत वर्ष भएको आमनिर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् । तर, प्रधानमन्त्री सरिफले भने वर्ष दिनपछि आएर निर्वाचनमा धाँधली भएको भन्नु राजनीतिक पूर्वाग्रह बाहेक अरु केही नभएको बताएका छन् ।
विपक्षीहरूले सरकारमाथि दबाब दिँदै प्रधानमन्त्री सरकारबाट हट्नुपर्ने बताएका छन् । उनीहरूले पाकिस्तानी सहर लाहोरबाट इस्लामाबादसम्मको यात्रा गरी सरकारको विरोधमा उत्रिएका हुन् ।
आन्दोलनकारीबाट हुनसक्ने र सो समयमा हुन सक्ने अर्को कुनै असुरक्षाको अवस्थालाई मध्यनजर गरी राजधानी इस्लामावादलगायतका विभिन्न सहरमा ठूलो संख्याका सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
पाकिस्तानमा सन् २०१३ को मे महिनामा आम निर्वाचन भएको थियो । सो निर्वाचनबाट प्रधानमन्त्री सरिफको पाकिस्तान मुस्लिम लिग ९एन० ले विजय हासिल गरेको थियो । त्यसपछि प्रधानमन्त्री बनेका उनको विरोधमा यो पहिलोपटक सडक आन्दोलन सुरु भएको छ । सो निर्वाचनमा धाँधली भएका समाचारहरू त्यति बेला केही आएका थिएनन् ।
धर्मगुरु क्वार्दीले बिहीबार सरकारले आफ्ना माग नसुनेको भन्दै एकतर्फी रूपमा वार्ता भंग भएको घोषणा गरेपछि उनका समर्थकले थप विरोध प्रदर्शन गर्न सक्ने आशंका गरिएको हो । एएफपी













प्रतिक्रिया