२८ आश्विन २०८३, बुधबार

भारत र जापानबी दुर्लभ निर्यातसम्बन्धी सम्झौता हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Japan_mapटोकियो, १२ भदौ । भारत र जापानबीच दुर्लभ खनिजको निर्यातसम्बन्धी एक विशेष सम्झौता हुने भएको छ ।

सो सम्झौताबमोजिम भारतमा रहेका करिब दुई हजार टन दुर्लभ खनिज जापानले निर्यात गर्न पाउनेछ ।

सो जानकारी बिहीबारका जापानी छापाहरूले दिएका छन् । यो सम्झौतालाई भारत र जापानबीचको एक दुर्लभ एवम् महत्वपूर्ण सम्झौताका रूपमा लिइएको छ ।

सोसम्बन्धी सम्झौतामा जापानी प्रधानमन्त्री सिन्जो अबे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हस्ताक्षर हुने भएको छ । आगामी सोमबार जापानी राजधानी टोकियोमा सो सम्झौतामा हस्ताक्षर हुन लागेको जानकारी जापानी छापाहरूले दिएका छन् ।

सो सम्झौतामा करिब दुई हजारदेखि दुई हजार ३०० दुर्लभ खनिज जापानले आयात गर्नेछ । जापानले प्रयोग गर्ने गरेका यस्ता खनिजमध्ये करिब १५ प्रतिशत खनिज आयातको यो सम्झौतालाई एक महत्वपूर्ण सम्झौताको रूपमा लिइएको छ । एएफपी