काठमाडौं, १२ भदौ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा एपेक्स कलेज, सिद्धार्थ बैक, सिभिल बैंक र सांग्रिला म्यानेजमेण्ट एण्ड होटल ट्रेनिङ्ग सेन्टरले प्रधानमन्त्री दैविप्रकोप उद्वार कोषमा आर्थिक सहयोग प्रदान गरेका छन ।
एपेक्स कलेजका तर्फबाट सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री सुशील कोइरालालाई १ लाख ११ हजार १ सय ११ रुपैयाको चेक हस्तान्तरण गर्नुभयो ।
त्यस्तै सिद्धार्थ बैंक लिमिटेडका तर्फबाट अध्यक्ष चिरञ्जीवीलाल अग्रवालले १० लाख रुपैयाको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभयो र
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले ५ लाख ७५ हजार रुपैयाको चेक हस्तान्तरण गर्नुभयो ।
सांग्रिला म्यानेजमेण्ट एण्ड होटल ट्रेनिङ्ग सेन्टरले प्रधानमन्त्री राहत कोषमा ३० हजार रुपैया प्रदान गरेको छ । सेन्टरका तर्फबाट निरज श्रेष्ठले प्रधानमन्त्री कोइरालालाई चेक रकम हस्तान्तरण गर्नुभएको हो ।













प्रतिक्रिया