इजरायल, ११ भदौ । इजरायल र प्यालेष्टाईनबीच गाजा क्षेत्रमा युद्धबिरामका लागि सहमति भएको छ ।
इजिप्टको मध्यस्थतामा केहि हप्तादेखि जारी बार्तापछि दुबै पक्ष लामो समयका लागि युद्धबिराम गर्न सहमत भएका हुन् । करिब ७ हप्ता लामो युद्धमा २२ सय को मृत्यु भैसकेको छ ।
दुबै देश युद्धबिरामका लागि सहमत भएपछि गाजा क्षेत्रमा खुसीयाली मनाईएको छ ।
युद्धबिराम पछि इजरायलले गाजा क्षेत्रमा मानवीय सहायता सामग्री तथा भवन निर्माण सामग्री लैजान दिने भएको छ ।
यद्यपी यस अघि मुख्य मुद्धा बनेको इजरायलमा रहेका प्यालेष्टाईनी कैदीहरुलाई मुक्त गर्ने या नगर्ने भन्ने बिषयमा भने बार्तामा छलफल नभएको एक इजरायली अधिकारीले जनाएका छन् ।
यसका साथै समुन्द्री टर्मिनल, विमानस्थललगायतका संरचना संचालनका बिषयमा पनि कुनै छलफल भएको छैन ।
प्यालेष्टाईनी अधिकारीका अनुसार गाजा क्षेत्रका लागि माछा मार्ने समुन्द्री क्षेत्रका केहि भाग बिस्तार गरिदिन इजरायल तयार भएको छ । एजेन्सी













प्रतिक्रिया