२८ आश्विन २०८३, बुधबार

उदार अर्थनीतिलाई व्यवधान गर्ने दिवालिया सोचले देशलाई पश्चगमनमा लैजान्छः अर्थमन्त्री डा. महत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1(30)काठमाडौँ, ११ भदौ ।  अर्थमन्त्री डा. रामशरण महतले नेपालको सन्र्दभमा उदार अर्थनीतिको विकल्प नभएको दाबी गर्नुृभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १५ औँ साधारणसभालाई सम्बोधन गर्दै राजधानीमा बुधबार उहाँले उदार अर्थनीतिको विकल्प नभएको दाबी गर्दै विना नियन्त्रणको उदार अर्थनीति पनि उपयुक्त नहुने तर्क गर्नुभयो ।
‘नियमन प्रणाली बलियो हुनुपर्छ, ’ अर्थमन्त्री महतले भन्नुभयो, ‘खुला बजारलाई परिस्कृत गर्न सरकारले ससक्त नियमन गर्नुपर्छ ।

संसारलाई आर्थिक रुपमा सबल बनाउने हो भने नियमन भित्रको उदार अर्थतन्त्र चाहिने उहाँको भनाई थियो । त्यसका सरकार बलियो हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  सरकारको नीति सफल भए पनि सरकार असफल भएको तर्क गर्दै उहाँले विधिको शासन कायम गर्न सक्ने क्षमता सरकारमा हुनुपर्नेमा जोड दिनुभयो ।

ुखुला बजार नीतिपछि निजी क्षेत्रमा अस्पताल, शैक्षिक संस्था, सञ्चार क्षेत्रको विकास भए पनि सरकार भने कमजोर भएको र कर्मचारी प्रशासनका कारण नियमन गर्न असफल भएको तर्क राख्नु भयो ।
कर्मचारीतन्त्रमा राजनीतीकरण हाबी भएकाले  सरकार असफल भएको जिकिर गर्नुभयो ।

सरकारले धेरै ठाउँमा हात हाल्न खोज्यो भने असफल हुने भन्दै  देश विकासका लागि जलविद्युतको विकास नै पहिलो आवश्यकता भएकोमा जोड दिनुभयो ।

ुबिजुलीमा नेपाललाई आत्मनिर्भर बनाउने कुरामा सबैले मिलेर काम गर्नुपर्छ भन्दै उहाँले बाँदरको हातमा नरिवल भयो भने देश विकास नहुने तर्क गर्नुभयो ।

भारतसँग विद्युत व्यापार सम्झौता पिटिए नगरेसम्म विदेशी लगानी नभित्रने पनि उहाँको भनाई थियो ।

नेपाललाई विद्युतमा आत्मनिर्भर बनाउनु पर्छ भन्दा त्यसलाई व्यवधानकारी नीति हाबी भएकोमा चिन्ता व्यक्त गर्नुभयो । ‘त्यस्तो दिवालिया सोचले देशलाई फेरि पश्चगमनतर्फ लैजान्छ,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा सेजनका अध्यक्ष विज्ञान अधिकारीले सेजनले आर्थिक पत्रकारका लागि सेजनले विभिन्न कार्यक्रमहरु गर्दै आएको भन्दै भविष्यमा पनि त्यसलाई निरन्तरता दिइने बताउनुभयो ।

कार्यक्रममा सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधान, पूर्वअध्यक्ष गोपाल तिवारी, गजेन्द्र विष्टलगायतले पनि बोल्नु भएको थियो ।