२८ आश्विन २०८३, बुधबार

साना तथा मझौला लगानीकर्ताहरु अत्तालिए, ठूला लगानीकर्ताहरुले फाईदा लुट्छनः देवकोटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1काठमाडौं, १० भदौ । अर्थ मन्त्रालयका सह–सचिव कृष्ण देवकोटाले हालै नेपाल राष्ट्र बैंकले जारी गरेको नियमनका कारण बैंक तथा वित्तीय संस्थाहरुका लगानीकर्ताहरुलाई हतोत्साही नहुन आग्रह गर्नुभएको छ ।

मंगलबार राजधानीमा आयोजना गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै देवकोटाले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय नियमन विभागद्धारा जारी गरिएको परिपत्रबाट लगानीकर्ताहरुलाई नआत्तिन आग्रह गर्नुभएको हो ।

देवकोटाले अहिले नै साना तथा मझौला लगानीकर्ताहरु अत्तालिए ठूला लगानीकर्ताहरुले फाईदा लुट्नेप्रति सचेत हुन पनि आग्रह गर्नुभयो ।

देवकोटाले शेयर बजार बचाउन सरकार जहिले पनि सकारात्मक रहेको भन्दै लगानीकर्ताहरुलाई हतोत्तसाहि नबन्न आग्रह गर्नुभयो ।

त्यस्तै नेपाल सरकारका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले पनि नेपाल राष्ट्र बैंकले जारी गरेको नियमनका कारण लगानी कर्ताहरु अत्तालिन नहुने धारणा राख्नुभयो ।

क्षेत्रीले नियमन जारी गर्दा स्टक मार्केटलाई ध्यानमा राख्नुपर्ने भन्दै अहिले जारी गरिएको परिपत्रबाट लगानीकर्ताहरु हत्तालिनु नहुने भन्नुभयो ।

नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष राजकुमार तिमिल्सिनाले धितोपत्र बोर्डको नालायकीपनको कारण अहिलेको शेयर बजार अस्तव्यस्त भएको आरोप लगाउनुभयो ।

तिमिल्सिनाले नेपाल राष्ट्र बैंकले स्टक मार्केटलाई तहसनहस पार्न नयाँ नीति ल्याएको भन्दै लगानी मैत्री नीतिको आवश्यकता रहेको बताउनुभयो ।

ब्रोकर एशोसियशनका अध्यक्ष नरेन्द्र सिजापतीले पनि नेपाल राष्ट्र बैंकले लगानीकर्ताहरुलाई हतोत्साहित हुने गरी नियमन जारी गर्दा यस्तो समस्या आएको बताउनुभयो ।

नियमन लगानीमैत्री नभएको उहाँको आरोप थियो ।