२८ आश्विन २०८३, बुधबार

म्यानचेष्टर सिटीले लिभरपुललाई हरायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Stevan-Joveticकाठमाडौं, १० भदौ । इङग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले जित आफ्नो पोल्टामा पारेको छ ।

बलियो प्रतिद्वन्द्वी लिभरपुललाई पराजित गर्दै लिभरपुलले जित आफ्नो पोल्टामा पारेको हो ।

सोमबार राति भएको खेलमा डिफेण्डिङ च्याम्पियन सिटीले लिभरपुलमाथि ३–१ को  जित हात पा¥र्यो ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीले ४१ औं मिनेटमा स्टीभन जोभिटिकको गोलबाट अग्रता लिएको थियो ।

५५ औं मिनेटमा जोभिटिकले व्यक्तिगत दोस्रो गोल गरे ।

६९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरेपछि सिटीले ३–० को अग्रता लियो । एग्युरोले इडेन जोकोको स्थानमा मैदान प्रवेश गरेको मात्र २३ सकेण्डमा गोल गरेका हुन् ।

८४ औ मिनेटमा सिटीका जाबालेटाले आत्मघाती गोल गरेपछि लिभरपुलका नाममा खाता खुलेको थियो ।