२८ आश्विन २०८३, बुधबार

ब्राजिलको पैरेना राज्यको कारागारमा दंगा हुँदा चार कैदीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

brazil-final1ब्राजिल, ९ भदौ । ब्राजिलको दक्षिणी पैरेना राज्यको कास्काभेल शहरको एक कारागारमा भएको दंगामा चार जना कैदीको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा दुई जनाको शिरछेदन गरिएको थियो भने दुई जनालाई छतबाट खसालिएको अधिकारीहरुले जनाएका छन् ।

घटनामा केही कैदी घाईते भएका छन् । ११ सय ४० कैदी रहेका कारागारमा आइतवार बिहान करिब ७ सय कैदी अचानक हिंसा र तोडफोडमा उत्रिएका थिए ।

कैदीहरु कारागार सञ्चालन, खाना लगायतका विषयमा माग राख्दै आएका थिए ।

कैदीहरुले दुई जना सुरक्षा गार्डलाई नियन्त्रणमा लिएका छन् भने कारागारको धेरै क्षेत्र आफ्नो नियन्त्रणमा लिएका छन् ।

ब्राजिलका विभिन्न कारागारमा करिब ५ लाख कैदीहरु रहेको बताइन्छ । एजेन्सी