काठमाडौं । पत्रकार डम्बरकृष्ण श्रेष्ठको नयाँ परिचय पनि थपिएको छ । खोजमुलक पत्रकारितामा जमेका डम्बरकृष्ण श्रेष्ठ ‘अनुशील’ गीतकार पनि हुन् ।
अनुशीलकै सहयोगमा नेपाली सांगीतिक क्षेत्रमा ‘आरोही’ अल्बम मार्फत नयाँ गायिकाको आगमन भएको छ । विगत १६ वर्षदेखि हङकङमा बस्दै आएकी सुनिता प्रधान लिम्बूको पहिलो एकल अल्बम ‘आरोही’ श्रोता माझ आएको हो । पत्रकार तथा गीतकार अनुशीलसँगको सहकार्यमा एक वर्ष लगाएर तयार गरिएको ‘आरोही’अल्बममा ६ गीत समेटिएका छन् ।
राजधानीको सीटी म्युजियममा ७ भदौमा आयोजित एक समारोहमा अल्बमको नेपाली गायिकाहरु ज्ञानु राणा, कुन्ति मोक्तान, संगीता राना प्रधान, सुक्मीत गुरुङ, सुनिता सुब्बा र मनिला सोताङ सोताङले संयुक्त रुपमा लोकार्पण गरे । लोकार्पणपछि बोल्दै बरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठले ‘आरोही’ अल्बममा रहेका ६ वटै गीतहरु फरक शैलीको संगीत रहेको बताउँदै गीतकार अनुशील र गायिका सुनिताको कामको प्रशंसा गरे । भने “संगीत र स्वर भन्दापनि राम्रो शब्दले गीतलाई शक्तिशाली बनाउँने हो यो अल्बममा राम्रो शब्दसँगै स्वर र संगीतको तालमेल मिलेको पाए । ”
अल्बमको समिक्षा गर्दै गायिका लोचन भट्टराईले सुनिताको स्वरमा आफुले नयाँपन पाएको बताए । एक वर्ष अघि संगम स्टुडियोमा रेकर्डीङ भईरहेको बेला स्वर सुन्दै आफुलाई आकर्षित गरेको उनले बताउ ।
अनुशीलको शब्द रचना एकदमै उत्कृष्ट रहेको बताउँदै उनले भने “पछिल्लो समयमा आएका गीतहरुमा शब्द, संगीत र स्वरमा त्यति ध्यान दिएको पाइनदैन तर यो अल्बममा सबै कुरामा मिहीनेत गरिएको पाए ।”
संगीतकार राजु सिंहले ‘आरोही’ अल्बमबाट नेपाली संगीत जगतले एउटा राम्रो गीतकार र राम्रो स्वर भएकी गायिका पाएको बताउँनुभयो । उहाँले गायिका सुनिताले शब्द उच्चारणमा ध्यान दिन सुझाव दिनुभएको थियो ।
मन्दिरा ढुङगेलले सञ्चालन गरेको कार्यक्रममा बरिष्ठ गीतकार, संगीतकारहरु रत्न शम्सेर थापा, रामेश, दिपक जंगम, शुभ बहादुर, बसन्त थापा, शिला बहादुर मोक्तान, बुलु मुकारुङ, उदय सोताङ, आनन्द अधिकारी, राजेश पायल राई आदीको उपस्थिती थियो ।
‘आरोही’मा राजु सिंह, सचिन सिंह, आलोकश्री, हरि लम्साल, कल्याण सिंह, कमल खत्री सहित ६ जना संगीतकारहरूको संगीत सिर्जना रहेको छ । यस अल्बममाफूलमाखोजें तिमीलाई…, आमा…, शहरभरि…, जतिसुकै लुकाउमाया…, हावा जस्तो हलुङ्गो मन…,मतलब छैन…बोलकापप, आधुनिक, लोक–आधुनिकगीत छन् । अल्बमलाई सान्ताना रेकर्डले श्रोता माझ ल्याएको हो ।

‘आरोही’बाट आशावादी
सानैदेखि गीतगाउँदै आएपनि हङकङमाहुने नेपाली सांगीतिक गतिविधिमा सक्रिय रहँदै आएकी सुनिता र गीतकार अनुशील पहिलो एकल अल्बम ‘आरोही’बाट आशावादी छन् ।
ताप्लेजुङका ज्ञान लिम्बूसँग वैवाहिकजीवनमा बाँधिएपछि पछिल्लो समय सुनिता नेपालमै रहेर सांगीतिक क्षेत्रमा सक्रिय हुने तयारीमा छिन् । परदेशमा रहँदा पनि नेपालीगीत–संगीतमा सक्रिय उनले हङकङमै संगीतकार दिनेश सुब्बासँग ५ वर्ष संगीत सिकेकी थिइन् । अहिले नेपालमा शास्त्रीय संगीतकी गुरुआमा तथा गायिका संगीता प्रधान रानालाई गुरुआमा बनाएर संगीत सिकिरहेकी छिन् ।
हङकङमै रहँदा तिमी सँग हुँदा.., फूलहुँ म वनको…, लाएको माया लगायतका आधादर्जन भन्दा बढी गीतगाई सकेकी थिइन् । अनुशीलको रचना र दिनेश सुब्बाको संगीतमा उहाँको गीततिमी साथहुँदा… हङकङका नेपालीकलाकारहरूको सामूहिक अल्बम ‘भ्वाइस अफहङकङ’मा समेटिएको छ । सुनिता भन्छिन्, “केही फुटकर गीतगाएपनि आफ्नो प्रतिभा प्रस्फुटन गर्न र सांगीतिक पहिचानका लागि एकलअल्बम लिएर आएकी छु ।”
विगत १९ वर्षदेखि पत्रकारितामा सक्रिय हाल हिमाल खबरपत्रिकाका समाचार संयोजक रहेका डम्बरकृष्ण श्रेष्ठले साहित्यिक नाम अनुशीलबाट गीत–रचनागर्न थालेको डेढ दशक भइसकेको छ । ‘आरोही’ अनुशीलका शब्द रचनामा पहिलो एकल अल्बम हो ।
गायक राजेशपायल राईको अल्बम कामना (२०६०)मा ‘को रुँदैन होला…’ र गायिका मौसमी गुरुङको अल्बम महसूस (२०६९)मा ‘नयाँमौसम छ नयाँबिहान…’लगायत उनका एक दर्जन गीत विभिन्न गायक / गायिकाको स्वरमा रेकर्ड भएको छ । फरक शैलीको संगीत र नयाँ सुमधुर स्वर रहेकाले ‘आरोही’का ६ वटै सिर्जनाबाट अनुशील आशावादी छन् । भन्छन्, “सबै संगीतकार र हामी दुई जनाले राम्रो गर्ने सक्दो प्रयत्न गरेका छौं । आशा छ, नेपाली संगीतकाश्रोता र सर्जकहरूले मनपराउनु हुनेछ ।”
अल्बममा रहेको राजु सिंहको संगीतको ‘फूलमा खोजें तिमीलाई…’ र कमल खत्रीद्वारा संगीतबद्ध ‘मतलब छैन यो दुनियाँको…’बोलको गीतफुर्वा शेर्पा र नमित चन्दको निर्देशनमा म्युजिक भिडियो समेत बनिसकेको छ ।














प्रतिक्रिया