२८ आश्विन २०८३, बुधबार

कस्ले गरायो शंकर र पार्वतीको पुनर्मिलन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shankar-parbati

यसपालिको तीजमा सँगै नदेखिएका चर्चित मोडल शंकर बिसी र पार्वती राईको पुनर्मिलन भएको छ ।

यो जोडीलाई फेरि पुनर्मिलन गराएको हो, बुद्धिमान घिसिंगको गीत चाहियो जागिर हुने बोलकको गीतले । आइतबार सुटिंग भएको यस गीतको नृत्य निर्देशक शंकरकै छ भने गीतमा स्वर बुद्धिमान र बिनु तामांगले भरेका छन् ।

आफूहरु फेरि सँगै काम गर्न थालेको बताउँदै शंकरले भने, सबै गीतमा एउटै जोडी देख्दा दर्शकलाई पनि दिक्क लाग्ने भएर तीजका गीतमा छुट्टाछुट्टै काम गरेका हौंं ।

लोकदोहोरी गीतमा जमेको यो जोडी यसपटकको तीज गीतमा छुट्टिदा धेरै शुभचिन्तकको मन कुँडिएको थियो ।