काठमाडौं, ९ भदौ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’ का खेलाडीको नाम सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले २४ खेलाडीको प्रारम्भिक नाम सार्वजनिक गरेको हो ।
क्यानले एक प्रेस विज्ञप्ती जारी गर्दै पारस खड्काको कप्तानी तथा ज्ञानेन्द्र मल्लको उपकप्तानीमा २४ खेलाडीलाई प्रशिक्षणको लागि बोलाएको छ ।
यी २४ खेलाडीलाई यही भदौ १२ गतेबाट बन्द प्रशिक्षण शिविरमा राखेर प्रशिक्षण गराइने छ । बन्द प्रशिक्षणपछि अन्तिम टोलीको नाम सार्वजनिक गर्ने क्यानले जनाएको छ ।
बन्द प्रशिक्षणमा खेलाडीहरु सागर पुन, शरद भेषावकर, सुभाष खकुरेल, मेहबुब आलम, नरेश बुढाएर, शक्ति गौचन, बिनोद भण्डारी, जितेन्द्र मुखिया, रामनरेश गिरी, बसन्त रेग्मी, आरीफ शेख, प्रदिप ऐरी रहने छन् ।
यसैगरी भुवन कार्की, अनिल मण्डल, पुष्प थापा, अभिनाश कर्ण, अमृत भट्टराई, मंजीत श्रेष्ठ, महेश क्षेत्री, राहुल विक र यज्ञमान कुमाल पनि बन्द प्रशिक्षणमा रहने छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले अफ्रिकी मुलुक युगाण्डामा यही अक्टोबरको अन्तिम साता डिभिजन थ्रीको क्रिकेट प्रतियोगिता आयोजना गर्ने तालिका तय गरेको छ ।













प्रतिक्रिया