२८ आश्विन २०८३, बुधबार

कसरी भित्रिन्छ नेपालमा प्रतिदिन एक अर्ब ४८ करोड रेमिट्यान्स ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

index-innepal

काठमाडौ, ९ भदौ । गत आर्थिक वर्षमा नेपालमा प्रतिदिन एक अर्ब ४८ करोड रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७०–७१ मा पाँच खर्ब ४३ अर्ब २९ करोड रेमिट्यान्स भित्रिएको थियो । जुन आर्थिक वर्षको बजेट भन्दा २६ अर्ब बढी हो ।

गत आवमा नेपालको बजेट पाँच खर्ब १७ अर्ब २४ करोड थियो ।

केन्द्रीय बैंकका अनुसार नेपाली रुपैंयाँ अमेरिकी डलरको दाँजोमा कमजोर भएको र विदेशमा काम गर्न जाने पनि निरन्तर बढेकोले रेमिट्यान्स बढ्दै गएको  छ ।

आव २०६९–७० मा चार खर्ब २५ अर्ब ९० करोड रेमिट्यान्स भित्रिएको थियो ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाल भित्रिने रेमिट्यान्समा सुस्तता आउने बताउँदै गर्दा विप्रेषण आप्रवाह आव ०६९–७० को २०.९ प्रतिशत वृद्धिको तुलनामा आव २०७०–७१ मा २५ प्रतिशतले वृद्धि भएको हो ।

यसैगरी अमेरिकी डलरमा भने विप्रेषण आय अघिललो वर्षको ११–७ प्रतिशत वृद्धिको तुलनामा गत आवमा १२–३ प्रतिशतले वृद्धि भई पाँच अर्ब ५४ करोड अमेरिकी डलर पुगेको छ ।

रेमिट्यान्स भित्रिने क्रम बढ्दै गर्दा त्यसको असर समग्र सोधनान्तर स्थितिमा पनि परेको छ । ‘राष्ट्र बैंकका अनुसार २०७१–७२ मा समग्र सोधनान्तर स्थितिमा एक खर्ब २७ अर्ब १३ करोडले बचतमा छ ।

२०६९–७० मा शोधनान्तर बचत ६८ अर्ब ९४ करोड थियो,’ आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।