दमासकस, ८ भदौं । सिरियाली आदीवासीहरूले इस्लामिक स्टेट (आइएस) का १८ जना सशस्त्र विद्रोही लडाकुहरूलाई मारेको सिरियाको राष्ट्रिय टेलिभिजन प्रशारणले जनाएको छ ।
उकेदात जातीय आदीवासीका नेता शेख खालिल जादानलाई आइएस लडाकूहरूले गरेका अपहरणपछि क्रुद्ध आदीवासीहरूले १८ जना विद्रोहीलाई मारी आफ्ना नेतालाई सकुशल मुक्त गरेको उक्त प्रशारणले बताएको छ ।
राजधानी सिरियाको पूर्बी इन्धनस्रोतको धनी प्रान्त डिएर अल जौकबाट दमासकस जाँदै गरेका आदीवासी नेतालाई मार्ने उद्देश्यले आइएस लडाकूहरूले ठाउँ ठाउँमा एम्बुस धराप थापेको सरकारी समाचार समिति सानाले समेत जनाएको छ ।
नेता जादान केही समयपहिला सिरियाली संसदको सदस्य समेत रहेका जनाइएको छ । डिएर अल जौरमा बसोवास गर्ने आदीवासी मध्ये विगत दुई हप्तामा करिब सातसय जनालाई आइ एस विद्रोहीले हत्या गरिसकेको जनाइन्छ ।
सो प्रान्तको अधिकांश भाग विद्रोहीर्कै कब्जामा रहेको छ । विद्रोहीहरूले आदीवासीसँग लगातार गृहयुद्ध गर्दै आएका र ठूलो सङ्ख्यामा बन्दी समेत बनाइएका छन् ।
त्यसैगरी राज्यद्वारा सञ्चालित सञ्चार संस्था सानाले जनाएअनुसार गत शनिबार नै सोही प्रान्तको पूर्वीय ग्रामीण इलाका ग्रीनीज उपनगरमा आइएस विद्रोहीले चारजनाको हत्या गरेको र उनीहरूको शवलाई उपनगरको मुख्य चोकमा लगी क्षतविक्षित पार्दै प्रदर्शन गरेका थिए ।
अबु बकर अल बग्दादीको नेतृत्वमा गठन भएको इस्लामिक स्टेट इन इराक एण्ड द लिभ्यान्ट नामक आतङ्ककारी संगठनले नाम परिवर्तन गरी इस्लामिक स्टेट ९आइएस० मात्र राखेको छ ।
यस संगठनले ७० हजार सशस्त्र समर्पित लडाकूहरूको दस्ता तयार पारेको दाबी गरेको छ ।
पश्चिममाहरूसँग निकट सम्बन्धराख्ने अन्य अरबी राष्ट्रहरूसँग झुकाव नराखी इराक सिरिया र वरपरका कट्टरपन्थी मुसलमानी राष्ट्रहरूलाई मिलाई एउटा स्वतन्त्र अस्तित्वसहितको वृहत इस्लामिक राज्यको यसले परिकल्पना गरेको समेत जनाइएको छ । – सिन्ह्वा













प्रतिक्रिया