काठमाडौं, ८ भदौ । इङ्गलिश प्रिमियर लिग फुटबलमा चेल्सीको विजयी यात्रा कायमै रहेको छ ।
चेल्सीले शनिबार राती भएको खेलमा लेस्टर सिटीलाई २÷० ले हरायो । घरेलु मैदानमा खेलेको चेल्सीलाई जिताउन डिएगो कोस्टा र एडिन हाजार्डले एक एक गोल गरे ।
जीतसंगै चेल्सी ६ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा कायमै छ । समान ६ अंकबाट स्वान्सी सिटी दोस्रो स्थानमा छ ।
गएराति घरेलु मैदानमा खेलेको स्वान्सीले बर्नलेलाई १–० ले हरायो ।
खेलमा वेष्टह्याम युनाइटेडले क्रिष्टल प्यालेसलाई ३–१ ले हराउँदा तीन खेल बराबरीमा सकिएका छन् ।
आर्सनलले एभर्टनसंग २–२ गोलको बराबरी खेल्दा एस्टन भिल्ला र न्यूकासल युनाइटेड तथा साउथह्याम्पटन र वेष्टब्रोमविच आल्बियनले समान गोलरहित बराबरी खेलेका छन् ।
लिग अन्तर्गत आज तीन खेल हुँदैछन् । साँझ सवा ६ बजे हल सिटीले आफ्नै मैदानमा स्टोक सिटीको तथा टोटनह्याम हट्सपरले आफ्नै मैदानमा क्विन्स पार्क रेन्जर्सको सामना गर्दैछ ।
राति पौने ९ बजे सन्डरल्याण्डले आफ्नै मैदानमा म्यानचेष्टर युनाइटेडको सामना गर्नेछ । उद्घाटन खेलमा पराजित हुँदै आलोचित बनेको म्यानयुले आजको खेल जित्दै लयमा फर्किने प्रयास गर्नेछ ।













प्रतिक्रिया