काठमाडौं, ८ भदौ । केही समयदेखि सामन्य घटबढ हुँदै आएको सुनको भाउ पछिल्लो हप्ता भने निक्कै ओरालो लागेको छ ।
सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार एकहप्ता भर भएको कारोबारमा सुन प्रतितोला १ हजार ४ सय रुपैयाँ मूल्य घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले त्यसको असर नेपालमा पनि परेको महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने गत आइतबार प्रतितोला ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
साप्ताहिक तथ्यांक अनुसार गत हप्ता नियमित रुपमा सुनको मूल्य घट्दै आएको छ । सोमबार प्रतितोला ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन, मंगलबार ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भएको सु्नको भाउ घटेर बिहीबार ५३ हजार ६ सय रुपैयाँमा कारोवार भयो ।
चाँदीको भाउ भने यो हप्ता स्थिर रहेको छ । चाँदी प्रतितोला ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।














प्रतिक्रिया