काठमाडौं, ७ भदौ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५.१२ अङ्कले घटेर अन्तिम दिन ९९८.१३ अङ्कमा पुगेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १६७ कम्पनीको १५ हजार ५४१ कारोबारबाट दुई अर्ब १७ करोड ७१ लाख २५ हजार बराबरका ३९ लाख ८० हजार ५१० कित्ता सेयर खरिद बिक्री भएका छन् ।
गत साता १६३ कम्पनीको आठ हजार ४६९ कारोबारबाट एक अर्ब १५ करोड १९ लाख ७८ हजार बराबरका २१ लाख ८७ हजार ८७० कित्ता सेयर खरिद बिक्री भएको थियो ।
कारोबार रकम गत साताको तुलनामा ८९.०२ प्रतिशत बढी भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यो साता समूहगत परिसूचकमा वाणिज्य बैंक र उत्पादनमूलक समूहको परिसूचकमात्र सकारात्मक रह्यो भने विकास बैंक, वित्त, होटल, जलविद्युत्, बिमा र अन्य समूहको परिसूचक नकारात्मक रहेको छ ।
त्यस्तै व्यापार समूहको परिसूचकमा कुनै परिवर्तन नआएको जनाइएको छ ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३.३७ अङ्कले घटेर २१३.३९ अङ्कमा आइपुगेको छ ।
यस साता कारोबार रकमको आधारमा चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा नबिल ब्यालेन्स फन्ड अग्रस्थानमा छ ।
त्यसैगरी कारोबार सङ्ख्याको आधारमा रिडी हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ ।
यस साता नेप्सेको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो भने यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार नभएको नेप्सेले जनाएको छ ।













प्रतिक्रिया