बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

अमेरिकीले चुनौती भोगे वासिङ्टन सिरियामाथि कारवाही गर्ने

दैनिक नेपाल २०७१ भदौ ७ गते १४:०३

barack-obama-dnc-speechवासिङ्टन, ७ भदौ । कुनै पनि अमेरिकी नागरिकले चुनौती भोगे अमेरिका कारबाही गर्न तयार रहेको चेतावनी ह्वाइट हाउसले दिएको छ र यसले सिरियामा इस्लामिक स्टेटका लडाकूमाथि अमेरिकी सैनिक कारवाहीको गम्भीर सङ्केत दिएको छ ।

पेन्टागनले आईएसको खतराको बारेमा चेतावनी दिँदै सिरियामा यस समूहमाथि कारबाही आवश्यक भएको बताएको छ । इराकमा केही साता अमेरिकी हवाई आक्रमणले सुन्नी लडाकूको विस्तारमा बाधा पुगेको देखिएको छ र पश्चिमी मुलुक अमेरिकी पत्रकार जेम्स फोलीको हत्या रोक्न असफल देखिएका छन् ।

ह्वाइट हाउसले शुक्रबार सिरियामा हवाई आक्रमण आवश्यक हुनसक्ने जानकारी दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा उपसल्लाहका बेन रोड्सले आईएसआईएल सङ्गठनलाई नियन्त्रण गर्न सिरिया तथा इरानबीचको सीमाका दवै पक्षमा कारवाही गर्नु आवश्यक रहेको बताए ।

उनले अमेरिकीविरुद्ध कुनै पनि षडयन्त्र भएको देखिए आफूहरूले अमेरिकामाथि चुनौती आएको देख्ने र यस्तो चुनौतीमाथि कारबाही गर्न अमेरिकी तयार रहेको बताए ।

एक अमेरिकी अधिकारीले वाल स्ट्रिट जर्नललाई नेता सहितको उच्च मूल्यका लक्ष्यमा आक्रमण केही घण्टामै तथा केही सातामा आरम्भ हुनसक्ने बताए ।

लडाकूहरूको तालिम केन्द्र भए त्यसमाथि निकै छिटो आक्रमण हुने ती अधिकारीले बताए । आईएसले जुन महिनामा आफैँलाई खलिफात घोषणा गरी इराकको उत्तरी भाग तथा सिरियाको पूर्वी भागका व्यापक क्षेत्र आफ्नो नियन्त्रणमा कायम गरेको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकको उत्तरी भागमा आईएससँग युद्ध गरिरहेका कुर्द तथा इराकी सेनालाई सहयोग गर्न हवाई आक्रमणको आदेश दिएका छन् ।

हालसम्म वासिङ्टनले सिरियाको गृहयुद्धको विषयमा सावधानी लिएको अवस्थामा सैनिक कारबाहीको चेतावनीले उसको दमासकसका विषयमा सोचाइमा परिवर्तन देखिएको छ ।

सिरियामा गत तीन वर्षदेखि चलेको गृहयुद्धमा हालसम्म एकलाख ७० हजार व्यक्तिको मृत्युभएको छ । एएफपी

प्रतिक्रिया
सम्बन्धित