२८ आश्विन २०८३, बुधबार

उपभोक्ता ठगिँदै, सरकार रमिते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahangi-Chamal
काठमाडौं, ७ भदौ । व्यापारीले एक महिनाको अवधिमै एक बोरा चामलमा डेढ सय रुपैयाँसम्म मूल्य बढाएका छन् ।

२५ किलो चामलको बोरामा साढे १२ प्रतिशतसम्म मूल्य बढेको छ। चामल मात्रै होइन, दाल, गेडागुडी र आलुको मूल्य पनि उपभोक्ताको ढाड सेक्ने गरी बढाइएको छ। तर सरकार रमिते छ।

व्यापारीहरूले चाडपर्व नजिकिँदै गर्दा आफूखुसी मूल्य वृद्धि गरेर चामल, दाल, गेडागुडी, पिठोलगायतका अत्यावश्यक खाद्यवस्तुको अधिकतम मूल्य (एमआरपी) कायम गर्ने सरकारी निर्णयको खिल्ली उडाएका छन्।

साउन पहिलो सातासम्म एक हजार दुईसय रुपैयाँमा पाइने २५ किलो सोना मन्सुली चामल ९एक बोरा० को अहिले उपभोक्ता मूल्य एक हजार तीनसय ५० छ।

एक हजार तीन सय ७५ मा पाइने सोही परिमाणको मन्सुली चामलको मूल्य एक हजार पाँच सय पुर्‍याइएको छ। यस्तै साउन पहिलो सातासम्म एक हजार पाँच सय ५० मा पाइने २५ किलो जिरा मन्सुली चामलमा एक सय रुपैयाँ मूल्य बढेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

व्यापारीहरूले बजारमा धेरै खपत हुने खाद्यपर्दाथको मूल्य आफूखुसी बढाएका हुन्। चामलमा जिरा मसिनो, मन्सुली, सोना मन्सुली, दालमा रहर, मसुरो, केराउ तथा आलुको मूल्य एकै महिनामा १२ प्रतिशतसम्म बढाइएको छ। तर अनुगमन र कारबाही गर्ने सरकारी निकाय मौन बस्दा उपभोक्ता मारमा छन्।