२८ आश्विन २०८३, बुधबार

अनिश्चितकालिन रसुवा बन्दको घोषणा, बन्द असफल बनाउने प्रहरीको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chalaime-rasawa

काठमाडौँ, ६ भदौं । चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक कुलमान घिसिङलाई हटाउने निर्णयमा गृहमन्त्री र उर्जामन्त्रीले ठाडो हस्तक्षेप भएको भन्दै उक्त निर्णय तत्काल फिर्ताको माग गर्दै बन्दकर्ताले शुक्रबारदेखि अनिश्चितकालिन रसुवा बन्दको घोषणा गरेका छन् ।

उनीहरुले बिहीबार राति देखिनै स्याफ्रुस्थित ठुलो भार्कुमा रुख ढालेर सडक अबरुद्ध पारेका छन् ।

रसुवा प्रहरीले भने अबरुद्ध सडक खुलाउने प्रयास गरेको छ । प्रहरीले काठमाडौँबाट रसुवा भित्रने तथा बाहिरिने सवारी साधनलाई स्कटिङ गरेर भए पनि गन्तव्यसम्म पुयाउने बताएको छ ।

एमाओवादीका पूर्व सभासद प्रेमबहादुर तामाङले भने चिलिमे जलविद्युत कम्पनीमाथि सरकारले हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ ।

उर्जामन्त्रीले दिएको निर्देशन नेपाल बिद्युत प्राधिकरणले तत्काल फिर्ता लिनुपर्ने बताउनु भयो । उहाँले माग पुरा नभए अनिश्चितकालिन रसुवा बन्दको घोषणा फिर्ता नहुने दाबी गर्नुभयो ।

उहाँले यसलाई पहिलो चरणको आन्दोलन भएको दाबी गर्नुभयो । उर्जामन्त्री राधा ज्ञवालीले चिलिमे हाईड्रो पावरमा एकाधिकार जमाई राजनीतिक दलका मतियारलाई भर्ती गरेको आरोप उहाँको छ ।

यता टिमुरेवासीहरुले भने कुनै पनि विकासका कार्यहरुमा गतिरोध उत्पन्न गरेर कसैलाई पनि फाईदा नपुग्ने भन्दै बन्द फिर्ता लिन आग्रह गरेका छन् ।

रसुवागढी आयोजना सरोकार समितिहरुले पनि संयुक्त प्रेस बिज्ञप्ति जारी गरी बन्द हड्ताको लहैलहैमा नलाग्न सवैमाझ अपिल गरेको छ ।

थुमन सरोकार समितिका अध्यक्ष फुर्पा तामाङ, कोषाध्यक्ष फुर्पुग्याम्जो तामाङ, टिमुरे सरोकार समितिका कोषाध्यक्ष दोर्जे तामाङले संयुक्त विज्ञप्ति निकालेर यस्तो आग्रह गरेका हुन् ।

आयोजनाबाट आर्थिक फाईदा लिएर बन्द खुलाउन प्रयास गरेको भन्ने कपोलकल्पित र झुटो आरोप लगाएको भन्दै उनीहरुले त्यसको पुष्टि गर्न समेत आग्ह गरेका छन् ।

उनीहरुले जिल्ला बन्द , हड्ताल जस्ता कार्यले देश विकासमा अबरोध गरेको जनाउँदै आयोजना बन्द गरे प्रतिकार गर्ने चेतावनी दिएका छन् ।