२८ आश्विन २०८३, बुधबार

रिसाहा स्वाभावका बालोटेलीले अब लिभरपुलबाट खेल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mario-Balotelli-Football

काठमाडौँ, ६ भदौं । इटालीका फुटबल खेलाडी मारियो बालोटेली इंग्लिस क्लब लिभरपुलमा आबद्ध हुने भएका छन् ।

बालोटेलीलाई लिभरपुलमा पठाउन इटालियन क्लब एसी मिलान सहमत भएको बताइएको छ ।

बालोटेलीको स्थानान्तरण सम्बन्धमा एसी मिलान र लिभरपुलबीच १६ मिलियन पाउन्डको सहमति भएको छ ।

यद्यपि, लिभरपुलसँग बालोटेलीको व्यक्तिगत सम्झौताहरु हुन भने बाँकी नै छन् ।

गत सिजन इटालियन क्लब एसी मिलानको लागि ३० गोल गरेका बालोटेली एक सिजन पहिले इंग्लिस क्लब म्यानचेस्टर सिटीबाटै खेलेका थिए ।

इंग्लिस फुटबल समर्थकहरुमाझ निकै लोकप्रिय बालोटेली आफ्नो रिसाहा स्वाभावको कारण भने बारम्बार आलोचित बन्दै आएका छन् ।

उनी थुप्रै पटक अनुशासनको कारबाहीमा समेत परिसकेका छन् ।