२८ आश्विन २०८३, बुधबार

कर्मचारी सरुवाले रसुवाका जलविद्युत आयोजना अन्योलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jalbiddut-rasawa

रसुवा, ५ भदौ । एकजना कर्मचारी सरुवाको विवादका कारण रसुवाका निर्माणधिन जलविद्युत आयोजनाहरू अन्योलनमा परेको भन्दै सरोकारवालाहरुले शान्तिपूर्ण ढंगले सञ्चालन हुने वातावरण तयार गर्न सुझाव दिएका छन् ।

जिल्लामा निर्माणाधिन जलविद्युत आयोजनाहरू शान्तिपूर्ण ढंगले सञ्चालन हुने वातावरण तयार गर्नुपर्ने उनीहरुको सुझाव छ ।

एकजना कर्मचारी सरुवाको बखेडाले जिल्लावासीको भविष्य अन्यौलमा पार्न नहुने पनि उनीहरुको भनाई छ ।

प्राकृतिक स्रोत साधनको उपयोगबाट रसुवा जिल्लाबासीको समग्र विकास हुने भएकोले जिल्लामा निर्माणाधिन जलविद्युत आयोजनाहरू शान्तिपूर्ण ढंगले सञ्चालन हुने वातावरण तयार गर्नुपर्ने र बन्द हड्ताल गर्नु नुहुनेमा उनीहरुको जोड रहेको छ ।

तत्कालीन प्रबन्ध सञ्चालक कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणले फिर्ता बोलाएपछिको विवादले रसुवामा निर्माणाधिन दुई आयोजना अन्यौलमा परेका छन् ।

चिलिमेको लगानीमा रसुवामा मात्रै एक सय ११ मेगावाट क्षमताको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन जलविद्युत आयोजना निर्माण भइरहेको छ ।

विवादका कारण दैनिक करोडौं घाटा भइ्हेको छ । जसबाट साङजेन आयोजना एक महिनादेखि अबरुद्ध हुँदा दैनिक करिब ७७ लाख रुपैयाँ घाटा भएको छ ।

‘रसुवामा सञ्चालित निर्माणाधिन जलविद्युत आयोजनाहरूको समस्या, चुनौति र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा प्रमुख अतिथि संबिधानसभा सदस्य तथा नेकपा एमाले जिल्ला अध्यक्ष छोवाङतेन्जिन तामाङले जिल्लामा रहेका स्थानीय प्राकृतिक स्रोत उपयोग गरेर आर्थिक, सामाजिक शैक्षिक विकास हुने बताउँनुभयो ।

जलविद्युत आयोजना बन्दले जिल्लालाई विकास नभई विनासतर्फ धकेलेको उहाँको गुनासो थियो । ‘राष्ट्रले ठूलो उर्जा संकट खेपिरहेको अवस्थामा बन्द, हडताल गरेर आयोजनामा अवरोध गरे अब जनताले त्यस्तालाई खेद्ने छन्,’ उहाँले भन्नुभयो ।

अर्का सभासद जनार्दन ढकालले भ्रममा परेर अव बन्द हड्तालको लहैलहैमा नलाग्न अनुरोध गर्नुभयो ।

उहाँले चिलिमे जलविद्युत आयोजनामा कर्मचारी सरुवाको विषयमा कथित आन्दोलन जिल्लावासीको उन्नतिमा आघात पुग्ने बताउँदै कुनै ब्यक्ति पक्षमा लाग्नु भन्दा पनि जिल्लाको भविष्य उज्जवल पार्ने अभियानमा सवै लाग्नु पर्नेमा जोड दिनुृभयो ।

नेपाल विद्युत प्राधिकरणका महाप्रबन्धक रामचन्द्र पाण्डेले रसुवासीबको कारण एक नयाँ मोडल चिलिमे भएको र समस्या जहाँ पनि हुन्छ , नागरिकहरूले विगतका सिकाईबाट समाधानको सहज बाटो खोज्न आग्रह गर्नुभयो । उहाँले रसुवावासीका समस्या समाधानका लागि हर तरहले लाग्ने बताउँनुभयो ।

नेपाली काँग्रेका बालचन्द्र पौडेलले एक जना कर्मचारीको स्वतः म्याद समाप्त भएको विषयलाई लिएर विवाद गर्नु नहुनेमा जोड दिनुभयो । ‘धुलो झारेर लड्डुको तौल घट्छ तर सिङ्गै देखिन्छ यस्तै संस्कारले बिगारेको छ,’ उहाँले भन्नुभयो उहाँले रसुवावासीसँग सुनको थाल भएको र थालमा कोदोको पिठो नभएको उहाँले उल्लेख गर्नुभयो ।
एमाओवादीका ईन्द्र गौतम, साङजेनलगायतले पनि बोल्नुभएको थियो । कार्यक्रममा जलविद्युत आयोजनाका अध्यक्ष सरेसिंह भाट, चिलिमेका मुख्य योजनाकार जलविद्युत विज्ञ डा. डम्बर नेपालीलाई कार्यक्रममा स्थानीय आमा समूहले सम्मान गरेका थिए । सञ्चालित आयोजनाको काममा ढिलाई हुँदा लागत बढ्ने र अवको माग शिक्षा, स्वास्थ्य, सडक, रोजगार र विद्युत विकासमा जोड् दिनुपर्ने बताउँनुभयो ।

रसुवामा निमार्णाधिन जलविद्युत आयोजना माथिल्लो त्रिशूली थ्री ए सरोकार समितिका मेघनाथ घिमिरे, टिमुरे सरोकार समितिका कामीनुर्पू तामाङ, थुमनका उर्केनछिरिङ तामाङ, चिलिमेका सुकसाङ तामाङ, रामबहादुर तामाङ चिलिमे सरोकार समितिका सिङ्गी ढिण्डुप तामाङ र सुरेश तामाङलगायतले बन्द हड्तालले जलविद्युत क्षेत्रबाट नागरिकलाई क्षति पुग्ने भएकोले कुनै पनि हालतमा बन्द नर्गन र समस्याहरू आपसी बार्ता तथा शान्तिपुर्ण ढंगबाट पुरा गर्न आग्रह गरे ।