टोकियो, ४ भदौ । पश्चिमी जापानको हिरोसिमा प्रान्तको पहाडी इलाकामा गएको पहिरोमा परी मृत्यु हुने व्यक्तिको संख्या २७ पुगेको छ । पहाडै खसेर गएको यस पहिरोमा अझै १० व्यक्ति बेपत्ता रहेको बुधबार सरकारी स्रोतले जानकारी दिएको छ ।
यस पहिरोमा परी दुई वर्ष र ११ वर्षका बालकको पनि मृत्यु भएको छ । उक्त तत्थाङ्क हिरोसीमास्थित आज बिहान गरिएको उद्धार प्रयास पछि दिइएको हो ।
राष्ट्रिय प्रहरी विभागलाई उदृत गर्दै मृतकको सङ्ख्या २७ पुगेको र अझै पनि १० जना बेपत्ता भएको त्यहाँको प्रकोप व्यवस्थापन कार्यालयका अधिकारीहरुले जनाएका छन् । मृतक मध्ये ५३ वर्षीय एक उद्धारकर्ताकै पनि मृत्यु भएको बताइएको । उनको दोस्रो चरणमा गएको पहिरोमा परी मृत्यु भएको छ ।
उनले पाँच जनालाई सुरक्षित उद्धार गरेको अग्नी र प्रकोप व्यवस्थापन निकायले जनाएको छ । एएफपी














प्रतिक्रिया