इलाम, ४ भदौ । इलामका चिया किसान र व्यवसायीहरु विरोधमा उत्रिएका छन् ।
जिल्ला विकास समितिले तयारी चियामा प्रतिकिलो दुई रुपैयाँका दरले निकासी कर लगाएपछि उनीहरु विरोधमा उत्रिएका हुन् ।
कर फिर्ता नलिए चियाको मूल्य नै बढाउने चेतावनी चिया कारखाना सञ्चालकले दिएका छन् ।
चिया किसान तथा सरोकारवालासँग छलफल नै नगरी जिविसले एकतर्फी रुपमा करको दर बढाएको उनीहरुको आरोप छ ।
बढाएको करको भार पनि किसानलाई नै पर्ने भएकाले आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ ।
यसअघि जिविसले तयारी चियामा प्रतिकिलो एक रुपैयाँ मात्र कर लिने गरेको थियो ।
यता जिविसले भने दश वर्षसम्म कर नबढाइएकाले चालु आर्थिक बर्षदेखि करमा वृद्धि गरेको जनाएको छ ।
जिल्लामा साना ठूला २९ वटा चिया कारखानाले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाएका छन् ।














प्रतिक्रिया