आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

टिक्रिट पुनः नियन्त्रणमा लिन भीषण कारबाही

दैनिक नेपाल २०७१ भदौ ३ गते १९:१३

iraq-bagade

किर्कुक (इराक), ३ भदौ । इराकी सैनिक र इराकी लडाकूहरुको संयुक्त सहभागितामा टिक्रिट सहर सुन्नी आतंककारी समूहबाट पुनः नियन्त्रणमा लिन मंगलबार भीषण कारबाही सुरु भएको छ ।

इराकी सैनिक र सिया मुसलमान समुदायका स्वयमसेवीले इराकी हेलिकोप्टरका पनि सहयोगमा पूर्वराष्ट्रपति सद्दाम हुसेनको गृहनगर पुनः नियन्त्रणमा लिन कारबाही सुरु गरेको उच्चस्तरीय सैनिक अधिकारीले बताएका छन् । उनका अनुसार सैनिकले मंगलबार बिहान सबेरैदेखि इराकको राजधानीबाट १६० किलोमिटर उत्तरमा रहेको दक्षिण–पश्चिमी र दक्षिणी सहरहरू कारबाही सुरु गरेको छ ।

टिक्रिट सहर गत जुन ११ बाट सुन्नी आतंककारी समूहले नियन्त्रणमा लिएको थियो । यस समूहमा पूर्वराष्ट्रपति सद्दामको पार्टीका सदस्यहरूको समेत सहभागिता रहेको बताइएको छ । इराकी सैनिकलाई सिया मुसलमान समूहका स्वयमसेवीको सहयोग रहेको छ । टिक्रीट सहर सैनिकले पुनः नियन्त्रणमा लिनको लागि यसअघिको दुई पटकसम्मको प्रयास विफल भएको थियो । एएफपी

 

प्रतिक्रिया
सम्बन्धित